बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १६:९:३७
२६ वैशाख, कञ्चनपुर । कञ्चनपुर र कैलालीमा निर्माणाधीन हुलाकी सडकमा बजेट अभाव भएपछि सुस्त गतिमा काम भइरहेको छ । गत फागुनदेखि बजेट अभाव हुँदा निर्माणको गति साँघुरिएको हो ।
कैलालीमा छ र कञ्चनपुरमा दुई चरणमा गरी यहाँ आठ चरणमा उक्त सडक निर्माणाधीन रहे पनि निर्माण कम्पनीले काम गरिसक्दा पनि बजेट पाएको छैन । कञ्चनपुरको डोकेबजारदेखि बेलौरी हुँदै बेल्डाँडी–दैजीसम्मको साढे ६२ किलोमिटर हुलाकी सडकमा दोस्रो र अन्तिम प्याकेजको काम निर्माणाधीन अवस्थामा छ ।
कैलालीमा लम्की–टीकापुरबाट खङ्ग्रौला नाकासम्मको २९ किलोमिटर सडकमध्ये लम्कीबाट पहिलो आठ किलोमिटर सडक गत वर्ष सकिएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी एवं इन्जिनियर वर्ख कडायतले जानकारी दिए । बाँकी दुई चरणमा काम भइरहेको भन्दै बजेट अभावले गति सुस्त भएको उनको भनाइ छ ।
इन्जिनियर कडायतका अनुसार धनगढीको क्याम्पस रोडबाट सत्तीसम्मको ६९ किमी खण्ड चार चरणमा निर्माण भइरहेको छ । उक्त खण्डमा पर्ने कटनी खोलाबाट भजनीको कान्द्रा नदीसम्मको १८ किमी डेढ वर्षअघि नै निर्माण भइसकेको उहाँले जानकारी दिए । “फागुन यता आयोजनामा बजेट नै छैन्”, इन्जिनियर कडायतले भने, “चालु आर्थिक वर्षमा आएको रु ३९ करोड रकम सकिएको छ ।” उनका अनुसार बजेट अभावमा पनि निर्माण कम्पनीले काम गरेको रु २० करोडभन्दा बढी रकम तिर्न बाँकी छ । “थप बजेट माग गरेको फाइल अर्थ मन्त्रालयमा पेस भइसकेको छ”, इन्जिनियर कडायतले भने, “हालसम्म बजेट भने आइपुगेको छैन् ।” गत वर्ष आयोजनामा रु ६५ करोड बजेट आए पनि चालु आवमा घटेर आएको उनको भनाइ छ ।
तीस महिनाभित्र निर्माण सक्नुपर्ने गरी वि.सं २०७३ फागुनमा कञ्चनपुरबाट निर्माण सुरु भएको ६२.५ किलोमिटर हुलाकी सडकअन्तर्गत दोस्रो चरण (बेलौरी–बेल्डाडी) खण्डमा ८० प्रतिशत र अन्तिम चरण (बेल्डाडी–दैजी) खण्डमा ७५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ ।
अन्तिम चरणअन्तर्गतको कामका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्ने भएकाले सोही प्रक्रियाका कारण निर्माण रोकिएको इन्जिनियर कडायतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरिले सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्ने
जेठ १६, २०८१ बुधबार
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
जेठ १६, २०८१ बुधबार
वर्षाले अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार