कोशीमा प्रतिपक्ष र सत्ता पक्षको चापमा परे प्रदेश प्रमुख
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १६:१६:३०
२६ वैशाख, विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने समय सकिएपछि प्रतिपक्षी दलहरूले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका छन् । उनीहरूले अहिले प्रदेश सरकार विहीनताको अवस्थामा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका छन् ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोले सभामुख अम्बरबहादुर विष्टलाई पनि संयुक्त पत्र लेखेर जानकारी मागेका हुन् । बुधबार बिहान पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर एमाले–माओवादीका नेताहरूले सरकार गठनको प्रक्रिया सुरू गर्न आग्रह गरेका थिए ।
जबाफमा खापुङले अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिए/नलिएको आफूले थाहा नपाएको र प्रदेश सभाबाटै त्यसको जानकारी हुनुपर्ने बताएका थिए । ‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकार विहीनताको अवस्था सृजना भयो,’ बुधबार एमाले र माओवादीका नेताहरूले संयुक्त रूपमा बुझाएको पत्रमा उल्लेख छ, ‘त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस् ।’
पत्र बुझिसके पछि प्रदेश प्रमुख पर्शुराम खापुङले आफू संविधान, ऐन र कानुन अनुसार अघि बढ्ने बताएका छन् । ‘माननीय ज्यूहरूले दिनुभएको पत्र प्राप्त गरेँ । हामीले ऐन कानुन अनुसार अध्ययन गर्छौं । यसको हामी अध्ययन गर्न संविधान ऐन कानुन अनुसार हामी अघि बढ्छौं,’ उनले भने, ‘यसको अध्ययन गर्नुपर्ने भएकाले माननीय ज्यूहरूलाई चिया पनि नखुवाइ अहिले बिदा गर्छु ।’
त्यसअघि उनीहरूले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिए/नलिएको जानकारी मागेका थिए । सभामुख विष्टले पनि मुख्यमन्त्री केदार कार्कीले अहिलेसम्म विश्वासको मत पाऊँ भनी कुनै पनि प्रस्ताव नगरेको जानकारी उनीहरूलाई पत्रमार्फत नै दिएका थिए । कोशीमा एमाले र माओवादीले गत चैत २६ गते केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
यसअघि कोशी प्रदेश सरकारले बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखसमक्ष पुनः स्मरण पत्र बुझाएको छ । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पेश गरिएको पत्रमा जेठ ११ गते प्रदेशसभाको पाँचौ अधिवेशन आव्हान गर्दै २०८० चैत २६ को मन्त्रिपरिषद् बैठकले निर्णय गरी यसअघि नै सिफारिस गरेको स्मरण गरिएको छ ।
यसअघि कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थियो । संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई दिएको निर्देशनको समय सीमा सकिएपछि गठबन्धनका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेका हुन् ।
विराटनगरस्थित होटल बिगमा आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यसहितको टोली आवश्यक परामर्शको लागि प्रदेश प्रमुखकोमा पुगेका छन् । प्रदेश प्रमुखसँग उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि अबको कदमबारे एमाले–माओवादीको संयुक्त बैठक बसेको थियो । एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीले समयमा विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको आव्हान हुने विश्वास व्यक्त गरे ।
आज मन्त्रिपरिषद् बैठक बसेर उक्त विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय गरेको थियो । सरकारले यसअघि बजेट अधिवेशन आव्हानको सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाख विशेष अधिवेशन बोलाउन गरेको समावेदनअनुसार प्रदेश प्रमुखले वैशाख ६ मा विशेष अधिवेशन आव्हान गरेका थिए ।
उक्त अधिवेशनमा पेश गरिएको संकल्प प्रस्तावमार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई गएराति सम्मको समय सीमा दिइएको थियो । तर, संविधानको धारा १६८ (५) अनुसार आफू नियुक्त भएको सरकार भएकाले एक पटक भन्दा बढी विश्वासको मत लिनु नपर्ने कार्कीले जिकिर गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार