यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार २२:१६:३०
२६ वैशाख, काठमाडौं । गृह सचिव एक नारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवागमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन् ।
यात्रु प्रस्थान गर्ने तर्फ बाटै यात्रु भएर विमानस्थल छिर्नुभएका गृह सचिव अर्यालले वायुसेवाका काउण्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरण सँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मका निरीक्षण गरेका थिए ।
यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गरेका उनले अध्यागमनमा डकेस् थप्ने लगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारे समेत निरीक्षण गरेको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । सो अवसरमा उनले कुनै समस्या भए कार्यालय प्रमुख मार्फत मन्त्रालयमा पठाउन समेत निर्देशन दिएका थिए ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईसहित अध्यागमन पुगेका गृहसचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुङ्गानालगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका थिए ।
अनुगमनकै क्रममा गृहसचिव अर्यालले भने, “उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्नुहोला । जुन-जुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीले इमान्दार भएर त्यो पूरा गर्नु, भएका उपकरणलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरू छिटो सक्नुस् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
जेठ १७, २०८१ बिहिबार
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
जेठ १७, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
जेठ १७, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
ढकमक्क फुलेको ड्रागन फ्रुट
जेठ १७, २०८१ बिहिबार
हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट
जेठ १७, २०८१ बिहिबार
घना बस्तीले भरिएको वीरेन्द्रनगरको पूर्वी क्षेत्र
जेठ १७, २०८१ बिहिबार