कोशी प्रदेश: एउटा कार्की मुख्यमन्त्रीको तयारीमा, अर्का कार्की पुगे सर्वोच्च
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार ११:१८:१
२७ वैशाख, विराटनगर । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरेपछि कोशी प्रदेशमा फेरी राजनीतिक हानथाप सुरु भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा जुटिरहेका बेला सरकारका मुख्यमन्त्री केदार कार्की मुद्दा हाल्न सर्वोच्चतिर लागेका छन् ।
प्रदेश प्रमुखको कदम संविधान विपरीत भएको दाबीसहित कार्की बदर गराउन माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गर्न काठमाडौं पुगेका छन् । आज उनले रिट दायर गरेपछि भोलि शुक्रबार पेशी तोकिने सम्भावना छ । यसैले हिक्मत कार्की आज मुख्यमन्त्रीमा नियुक्त भएपनि भोलि सर्वोच्चले के फैसला दिन्छ टुंगो छैन ।
मुख्यमन्त्री कार्कीले उपधारा ५ बमोजिमको सरकारले विश्वासको मत प्राप्त गरेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नसक्ने प्रावधानलाई मिचेर आह्वान भएको दावी गरेका छन् । प्रदेश प्रमुखले गरेको संवैधानिक गल्ती सच्याएर न्यायिक निरुपणको लागि भन्दै उनी सर्वोच्च गएका हुन् ।
बिहीबार नै माओवादीसहितका ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख कार्यालयमा सशरीर उपस्थित भई सनाखत गराए एमालेका कार्कीले नियुक्ति लिने तयारी गरेका छन् । बुधबार राति प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादी केन्द्रको दाबीअनुसार केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको निष्कर्षसहित खापुङले सरकार गठनका लागि आह्वान गरेका थिए ।
वैशाख ७ गते एमाले र माओवादीले संकल्प प्रस्ताव पारित गराई सरकारलाई दिएको समर्थन नरहेको र विश्वासको मत लिनुपर्ने जिकिर गरेका थिए । बहुमतको अभिलेखिकरण गराइ त्यसको जानकारी प्रदेश प्रमुख कार्यालयलाई समेत गराइएको थियो । प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्तासँग परामर्श गरी बुधबार राति उपधारा ५ बमोजिम नै सरकार गठनका लागि आह्वान गरेका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
पहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार