त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार १४:५०:१६
२७ वैशाख, कञ्चनपुर । ग्यास चुहावट भएर घरमा आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य छ ।
नेपाल रेडक्रस उपशाखा झलारीले उपलब्ध गराएको त्रिपालमुनि एक सातादेखि ठगुन्ना परिवार बस्दै आएको छ । दिउँसो तातो हावासँगै चल्ने ‘लु’ र साँझका बेला आउने हावाहुरीले त्रिपालमुनि बस्न ठगुन्ना परिवारलाई सकस छ ।
“हावाहुरी आउने क्रमजारी छ”, जयभानकी श्रीमती ममता ठगुन्नाले भने, “हावाहुरीसँगै पानी पर्ला जस्तो पनि छ, त्रिपाल हावाहुरीले उडाउला भन्ने चिन्ता छ, भएको सबै सम्पत्ति आगलागीमै गुम्यो, बालबालिकालाई जोगाउनकै लागि रात अनिदोमै काटिने गरेको छ ।”
जीउमा लगाएको एकसरो लुगाबाहेक सबै सम्पत्ति आँखै अगाडि जलेपछि बिचल्लीमा परेको उनले दुखेसो पोखे । “बालबालिका घरभित्र बसेर दिउँसो पख टेलिभिजन हेर्दै थिए”, उनले भने, “म घरभन्दा केही टाढाको सिलाइ पसलमा थिए, त्यही क्रममा घरमा आगलागी भएको खबर सुनेर हतपत पुगे, पुग्दा पूरै घरगोठ सबै आँखै अगाडि जलेर खरानी बन्यो ।”
भान्सामा ग्यास चहावट भएर आगलागी हुन थालेपछि बालबालिका गुहार माग्दै छिमेकीकामा पुगेकाले ज्यान जोगिएको उनको भनाइ छ । ठगुन्ना परिवारको घरमा अचानक आगलागी भएको खबर पाउनासाथ सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने अथक प्रयास गरे पनि आगलागी नियन्त्रणमा आउन नसकेको पीडित परिवारको भनाइ छ ।
“दमकल छिटो पुगेको भए केही सम्पत्ति बचाउन सकिने थियो, निकै ढिलो पुग्दा केही पनि जोगाउन सकिएन”, वडाध्यक्ष प्रतापसिंह धामीले भने, “नगरपालिकाको दकमल बिग्रिएको धेरै भए पनि मर्मत हुन नसक्दा छिमेकी बेदकोट नगरपालिकाबाट दमकल आइपुग्न निकै समय लाग्दा ठगुन्ना परिवारको घर जोगाउन सकिएन ।”
वडाका तर्फबाट आगलागीपीडित परिवारका लागि सक्दो सहयोग जुटाउन लागेको उहाँले उल्लेख गर्नुभयो । ठगुन्ना परिवारलाई पुनःस्थापना गराउनका लागि दातृ निकायसँग सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।
ठगुन्ना परिवारको साँझ बिहानको दुई छाक खानाका लागि अन्नको जोहो छिमेकीले गरिदिएका छन् । बालबालिकाको विद्यालयको पोशाक, कापी किताब विद्यालयले निःशुल्क रुपमा उपलब्ध गराएको छ । आगलागीबाट पीडामा रहेको ठगुन्ना परिवारको घर निर्माणका लागि स्थानीय बासिन्दाले चन्दा सङ्कलन अभियान सञ्चालन गरेका छन् ।
अभियान सञ्चालन गरे पनि अहिलेसम्म घर निर्माण गर्ने रकम सङ्कलन हुन सकेको छैन । नगर प्रमुख, उपप्रमुख लगायतको टोलीले आगलागी भएका परिवारसँग भेट गरी राहतका लागि आश्वासन दिए पनि हालसम्म कुनै सहयोग पुग्न नसकेको पीडित परिवारको भनाइ रहेको छ । घर पुरै जलेर नष्ट हुँदासमेत ठगुन्ना परिवार उपभोक्ता रहेको वातावरण सामुदायिक वनले घर निर्माणका लागि काठ उपलब्ध गराउने कार्य नगरेकोप्रति स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन् ।
जयदेवको घरमा रहेको सबै सम्पत्ति जले पनि ऋण काढेर खरिद गरेको अटोमात्रै बचेको छ । उनका अनुसार अटोको किस्ता बुझाउनका लागि निर्धन उत्थान लघुवित्त संस्थाबाट निकालेको बाकसमा राखिएको रु १६ हजार रकम पूरै जलेर खरानी भएको छ ।
यही वैशाख २१ गते दिउँसो भान्सा घरमा ग्यास चुहावट भई आगलागी हुँदा ठगुन्ना परिवारको भान्सासहित घरगोठ सबै जलेर नष्ट भएको थियो । घरभित्र रहेको अन्न, लुगाफाटो, महत्वपूर्ण कागजपत्र, गहना, फ्रिज, टेलिभिजन, पङ्खा, नगद रकम जलेर नष्ट हुनुका साथै गोठमा बाँधिएका तीन बाख्रा, एक ब्याउने भैँसी जलेर मरेका थिए ।
नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलबहादुर ऐर आगलगाीबाट पीडित भएका परिवारलाई सबैको सहयोगको खाँचो रहेको बताउँछन् । “आगलागीबाट आपत्मा परेको परिवारलाई पुनःस्थापन गराउनका लागि सहयोग गरौँ”, उनले भने, “नजिकको सरकार भनेकै नगरपालिका हो, जिम्मेवार बनेर विपत्मा परेका परिवारलाई सहयोग गर्नुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
संरक्षण अभावमा जीर्ण बन्दै गौश्वारका प्राचीन सम्पदा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
दूतावासले भिषा दिए सन्दीप आजै अमेरिका उड्ने, ४ बजे अन्तरवार्ता
जेठ १७, २०८१ बिहिबार
पर्यटकीय सम्भावना बोकेको रिग तालको प्रवर्द्धनमा पालिकाको चासो
जेठ १८, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ६ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता
जेठ १८, २०८१ शुक्रबार
तनहुँमा हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति
जेठ १८, २०८१ शुक्रबार
यी हुन आर्थिक ऐनले दिएका सात स्कीम
जेठ १८, २०८१ शुक्रबार
क्यान अध्यक्ष चन्द भन्छन्, सन्दीपलाई १५औं खेलाडीको रुपमा गोप्य राखिएको थियो
जेठ १८, २०८१ शुक्रबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार