नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार १७:४४:१५
२६ वैशाख, वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको एमआरआई मेसिन विग्रदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ । एमआरआई मेसिन विग्रदा निजी अस्पतालमा दोब्बर शुल्क बुझाएर सेवा लिन बाध्य हुनु पर्दा सेवाग्राहीले सास्ति भोग्नु परेको हो ।
३० करोड रुपैयाँमा खरिद गरेर ल्याइएको एमआरई मेसिन नारायणी अस्पतालमा ६ महिना अघि मात्रै जडान गरेर सञ्चालनमा ल्याइएको थियो । सेवा सुरु गरेको ६ महिनामै विग्रिदा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिर्न बाध्य हुनु परेको छ ।
गत असोज २३ गते संघीय सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले नारायणी अस्पतालको एमआरआई कक्षको उद्घाटन गरे पनि गत कार्तिक १४ गतेदेखि एमआरआई सेवा सञ्चालनमा आएको थियो।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्त रञ्जन साहले भने एमआरआई मेसिनको सफ्टवेयरमा समस्या देखिएपछि दुई हप्तादेखि सेवा अवरुद्ध भएको बताए ।
मेसिनको सफ्टवेयर अपडेट 'अद्यावधिक' हुन नसकेका कारण सेवा अवरुद्ध भएको उनले बताए । मेसिनको आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनको बाँकी रहेको २० प्रतिशत रकम भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगरिदिदाँ एमआरआई मेसिनमा समस्या देखिएको साहले बताए ।
अस्पतालका अनुसार एमआरआई मेसिन वारेन्टी पिरियडमै रहेकाले त्यसको सम्पूर्ण जिम्मेवारी आपूर्तिकर्ता कम्पनीकै रहेको भएपनि २० प्रतिशत रकम भुक्तानी नपाएको कारण उसले सफ्टवेयर अपडेट नगरिदिएको उनले जनाए ।
साहले आपूर्तिकर्ता कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको २० प्रतिशत रकम अमेरिकी डलरको भाउ बढेका कारण भुक्तानी गर्न नसकिएको भन्दै अपुग रकमका लागि मन्त्रालयसँग आग्रह गरिसकिएको बताए ।
उक्त एमआरआई मेसिन खरदि गरि ल्याएपनि हिलियम ग्याँसको अभावका कारण अस्पताल परिसरमा करिब तीन महिना जति खुल्ला आकाशमुनि राखिएको थियो ।
मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले त्यसबेला मेसिनमा प्रयोग हुने हिलियम ग्याँस बजारमा नपाइएको कारण देखाउँदै अस्पतालमा मेसिन जडानमा ढिलाई गरेको थियो ।
आपूर्तिकर्ताले अस्पतालमा मेसिन जडान गरेपछि पनि जेनेरेटरको अभाव र प्राविधिक कारणले उक्त मेसिन ६ महिनासम्म प्रयोगविहिन अवस्थामा थन्क्याएर राखिएको थियो । पछि दैनिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी ५०० केभिएको जेनेरेटर अस्पतालले ल्याएर एमआरआई मेसिन सञ्चालनमा ल्याइएको थियो।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपजलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार