चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार २१:५४:३०
२७ वैशाख, गण्डकी । कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए । दुर्घटनामा ४३ ले ज्यान गुमाए भने ३२ गम्भीर घाइते भए । अर्को वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भयो । ७९ जना गम्भीर घाइते भए । आव २०७९/८० मा एक सय १७ सडक दुर्घटना भए । ४४ जनाले ज्यान गुमाए भने एक सय २३ गम्भीर घाइते भए ।
चालु आवको वैशाख तेस्रो सातासम्ममा भएका ७७ दुर्घटनामा ३५ जनाको मुत्यु भएको छ । गम्भीर घाइते हुनेको सङ्ख्या ४९ छ । यो तथ्याङ्कले बर्सेनि सवारी दुर्घटना बढिरहेको देखाउँछ । झण्डै चार वर्षको अवधिमा कास्कीमा भएका सडक दुर्घटनामा परी एक सय ७७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । पछिल्लो समय पोखरा–बागलुङ राजमार्गको जिरो किमिदेखि हरिचोक खण्डमा दुर्घटना बढी भएको पाइएको उनको भनाइ छ । जिरो किमिदेखि हरिचोक हुँदै हेम्जा जोड्ने सडक चार लेन भएपछि तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको बताइन्छ ।
“दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति हो, चालकले मादकपदार्थ सेवन गरेका कारण पनि सवारी दुर्घटना हुने गरेको छ”, प्रहरी निरीक्षक शर्माले भने, “प्रयाप्त सडक बत्ती नहुँदा पनि रातिमा दुर्घटनाको जोखिम बढेको छ, कमसल सडक, यान्त्रिक गडबढी, जभाभावी पार्किङ जस्ता कारणबाट पनि दुर्घटना निम्तने गरेको छ ।”
चौडा र स्तरीय सडकमा चालकले सवारीसाधन तीव्र गतिमा गुडाउँदा दुर्घटना हुने गरेको उनले बताए । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा र यातायात सेवाका नियमबारे चालकदेखि पैदलयात्रुसम्म सचेत र संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।
९० देखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । बढ्दो आवादी, सवारी चाप, ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माण र विस्तार कार्यले पनि दुर्घटनाको जोखिम बढाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाडी दुर्घटनामा युवतीको मृत्यु, पाँच जना घाइते
जेठ १७, २०८१ बिहिबार
अवैध मुद्रासहित लेबनानका नागरिक पक्राउ
जेठ १७, २०८१ बिहिबार
भीमफेदी कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
मलाइका र अर्जुनको ब्रेकअप !
जेठ १९, २०८१ शनिबार