विश्वासको मत लिने तयारी मुख्यमन्त्री सोडारी
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १०:१८:४
३० वैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तेस्रो पटक विश्वासको मत लिने तयारी थालेका छन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका थिए ।
एमालेले तत्काल केन्द्रमा छलफल नभएको र केन्द्रीय नेतृत्वसँग छलफल र परामर्श नगरी विश्वासको मत नदिने बताएपछि पहिलो दिन अन्तिम समयमा विश्वासको मत लिने प्रक्रिया रोकिएको थियो ।
मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत नपाउने देखेपछि २२ गते साँझ ५ः३० बजे प्रदेश सभा बैठक आह्वान गर्न लगाएका थिए । त्यो दिन पनि एमालेले आफ्नो पुरानै अडान दोहोराएको थियो । २२ गते पनि विश्वासको मत पाउने सम्भावना नरहेपछि अर्काे सूचना जारी नहुँदा सम्मको लागि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।
अहिले सम्म प्रदेश सभा बैठक कहिले बस्ने भन्ने निश्चित छैन। तर, मुख्यमन्त्री सोडारी भने पहिलो र दोस्रो प्रयासमा विश्वासको मत नपाउने देखेपछि जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार