आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार ९:३:४८
४ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज मुम्बई इण्डियन्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदै छ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदै छ ।
जारी आइपिएलमा मुम्बई इण्डियन्स प्लेअफको दौडबाट बाहिरिइसकेका छ । मुम्बईको १३ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ । आजको खेलको नतिजाले मुम्बईलाई कुनै असर पर्दैन ।
त्यस्तै लखनउ सुपर जाइन्टले आजको खेलमा फराकिलो अन्तरको जित हासिल गरेमा प्लेअफको दौडमा रहे पनि अलि असम्भव देखिन्छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ अंक तालिकामा सातौं स्थानमा रहेको छ ।
मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो सुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, ईशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
त्यस्तै लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दीपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार