सिरहामा सिडिओकै संरक्षणमा चुरेको दोहन, चाइना रेल्वे इन्जिनियरिङले मच्चाएको विनाश लिला
नेपालबहस संवाददाता
जेठ ६, २०८१ आइतबार १३:३:२२
६ जेठ, काठमाडौं । सिरहाका प्रमुख जिल्ला अधिकारीले चुरे संरक्षित तथा वन क्षेत्रमा चाइना रेल्वे नम्बर इन्जिनियरिङ ग्रुपलाई उत्खननमा सघाइरहेका छन भन्ने सुन्दा अपत्यारिलो लाग्छ । जिल्लाको शान्ति सुरक्षा र स्रोत साधनको संरक्षण गर्ने जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारीले नै चुरे क्षेत्रको उत्खननमा चाइना कम्पनीलाई सहयोग गरिरहेका छन् । सिरहाको लहान नगरपालिका–१५ स्थित चुरे संरक्षित क्षेत्रको खुट्टि खोलामा तीन महिनासम्म रोकिएको अवैध दोहन सेटिङ मिलाएर चाइना रेल्वे नम्बर इन्जिनियरिङ ग्रुप कम्पनीले सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल जिल्लामा हाजिर भए लगत्तै खुट्टी खोलामा भइरहेको अवैध दोहनमा माघको अन्तिम साता रोक लागेको थियो । शुरुमा केही दिन रोक लगाएका दाहालले पछि खुलाएर संरक्षण गरेका छन् । ‘केही दिन बन्द रहेको अवैध उत्खनन पुनः सेटिङ मिलाएर तीव्र पारिएको छ’, स्रोतले भन्यो । पछिल्लो समय नगरपालिकाको संरक्षणमा जिल्ला समन्वय समिति, वन र स्थानीय प्रशासनसँग सेटिङ मिलाएर चुरे संरक्षित तथा वन क्षेत्रमा चाइना रेल्वे नम्बर इन्जिनियरिङ ग्रुप कम्पनीले अवैध दोहन गर्दै आइरहेको भएपनि जिल्ला प्रशासन कार्यालयले केही गरेको छैन ।
स्रोतका अनुसार खुट्टी खोलाको उत्तरमा चुरे पर्वत तथा पूर्व टाँसिएर झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वन छ । चुरे र सामुदायिक वन टाँसिएरै चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनीले गत चैत २८ गतेदेखि तीन वटा एक्स्काभेटरमार्फत खोला खन्दै आएको छ । लहान नगरपालिका–१५ स्थित खुट्टी खोलामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेन राजमार्ग निर्माणको काम गरिरहेको यस कम्पनीले नगरपालिका, वन, प्रहरी प्रशासन र जिल्ला समन्वय समितिसँग सेटिङ मिलाएर तीन वर्षदेखि अवैध दोहन गर्दै आएको स्रोतको दावी छ ।
सम्झौतामा एक्स्काभेटरबाट खोला खन्ने उल्लेख छैन । तर, यस कम्पनीले सेटिङमा एक्स्काभेटरमार्फत खोला खन्दै आएको छ । यस खोलाको चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा आइइई (IEE) बेगर उत्खनन गर्दै आएको पाइएको छ । स्थानीयहरूले सुरुवातदेखि नै अवैध उत्खननको विरोध गर्दै आएका भएपनि जिल्ला प्रशासन कार्यालय सिरहाले सुनेको छैन । ‘दाहाल प्रमुख जिल्ला अधिकारी भएर आएपछि धेरै गुनासो गरियो तर उहाँले खास वास्ता गर्नुभएन’, एक स्थानीयले भने । नगरपालिकाको संरक्षणमा चाइना कम्पनीले विनाश लिला मच्चाएको क्षेत्र सरकारले घोषणा गरेको चुरे संरक्षित क्षेत्र हो ।
यस क्षेत्रमा एक्स्काभेटरमार्फत गहिरो खाल्डो बनाएर उत्खनन भइरहँदा नियामक निकाय मूकदर्शक बन्दै आएको पनि स्थानीय जनताले गुनासो गरेका छन् । नगरपालिकाले चाइना रेल्वे कम्पनीसँग सम्झौता गरे पनि उत्खनन स्थल तोकेको छैन । ‘नगरपालिकाले स्थान नतोकेपछि जिल्ला प्रशासनको टीम आएर उनलाई छुट दिइएको थियो’, स्रोतले भन्यो । अवैध उत्खनन भएको थाहा पाएपछि पछिल्लो पटक सिरहा पुगेका एसपी सन्तोष आचार्यले रोकेका थिए । तर सिडिओ दाहालले गृहमन्त्रालयका सचिवलाई विषयवस्तु भन्दा बाहिरको कुरा लगाएर ७० दिनमा सरुवा गराइदिए । साथै अहिले अनुकूलको एसपी रमेश पण्डितलाई पठाइएको छ ।
तर सिरहाका सिडिओ दाहालले भने खुट्टी खोला चुरे संरक्षित क्षेत्र नभएको बताए । त्यो एरिया चुरे क्षेत्र नभई वन क्षेत्र भएको डिर्माकेशन जिल्ला वन कार्यालयले गरेपछि मधेश प्रदेश सरकारले आईई (IEE) अनुमति लिएर उत्खनन् भएको बताए ।
सरकारले नै राष्ट्रिय गौरवका आयोजनाका रुपमा ६ लेनकाे सडक विस्तार भइरहेकाले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न नदिने हो भने कसरी विकास निर्माणको काम अगाडि बढ्छ ? भन्ने सिडिओ दाहालको प्रतिप्रश्न थियो । एक्साभेटरले खोलाबाट बालुवा गिट्टी ननिकालेर बेल्चाले निकाल्दा कहिले काम सम्पन्न हुने भन्दै उनले बयल गाडा चढेर अमेरिका नपुगिने दावी गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार
कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार