ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार २२:१६:१४
४ जेठ, फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता भएको छ । मौलिक हस्तकलालाई संरक्षण तथा प्रवर्द्धन गर्नका लागि ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो ।
धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की दोस्रो भएका छन् । त्यस्तै राधिका खवास तृतीय भएकी छन् । धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जनाले प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम भएकी आयोजकले जनाएको छ । विष्णुमाया गिरी दोस्रो, दिलमाया तामाङ तेस्रो भएकी छन् । टपरी बुन्ने प्रतियोगिता संयोजक मात्रिकादेवी प्रसाईँका अनुसार प्रतियोगितामा २२ जनाले सहभागी जनाएको थियो । नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता सञ्चालन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताए । पछिल्लो पुस्तामा बत्ती बाट्ने र दुना–टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकाले सीप पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार