आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार ८:४६:२३
८ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदै छ । पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ ।
अहमदाबादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुँदै छ । कोलकाता अंक तालिकामा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो । कोलकाताले समूह चरणमा १३ खेलमा ९ जित र ३ हार बेहोर्दै २० अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै सनराइजर्स हैदरावादले १४ खेलमा ८ जित र ५ खेलमा हार बेहोरेको थियो भने एक खेल रद्द भएको थियो । सनराइजर्स १७ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।
कोलकाता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकाता २०२१ मा उपविजेता बनेको थियो । योसहित कोलकाता आठौँ पटक प्लेअफमा पुगेको छ ।
त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ ।
यस सिजनमा कोलकाताको लागि सुनिल नारनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रहेको छ । उनले अहिलेसम्म ४६२ रन बनाएका छन् भने १७ विकेट समेत लिएका छन् । त्यस्तै कोलकाताको लागि वरुण चक्रवर्तिले १९ विकेट लिएका छन् भने हर्षित रानाले १७ विकेट लिएका छन् ।
अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार सुरुवात दिइरहेका छन् । उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन् । त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिङ गर्दै अहिलेसम्म ४६७ रन बनाएका छन् । त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १७, कप्तान पाट कमिन्सले १५ विकेट लिएका छन् ।
आजको पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार