सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार ११:५०:४५
८ जेठ, इलाम । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीले सो सामान सोमबार नियन्त्रणमा लिएको हो । प्रदेश नम्बर १–०३–००१ज ००१९ नम्बरको पिकअपबाट सामान लैजाँदै गर्दा बरामद गरिएको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।
बक्खु कपडा, चिप्लो बक्खु, हाल्फ ज्याकेट, जेन्स र लेडिज चप्पल, अन्य ज्याकेट, ट्राउजर, गहुँ, मकैको च्याख्ला गरेर रु छ लाख १८ हजार तीन सयको सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ । त्यस्तै सवारीको मूल्य रु सात लाख कायम गरेर रु १३ लाख १८ हजार तीन सय बराबरका सामग्री बरामद भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनसरीबाट करीब ४८० केजी गाँजा बरामद
भदौ २६, २०८१ बुधबार
गृह मन्त्रालयले सशस्त्र प्रहरी सम्बन्धी विधेयक अर्थमा पठायो
भदौ २१, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार