श्रीलङ्कामा प्रतिकूल मौसमी प्रभाव बढ्दो, ३३ हजारभन्दा बढी मानिस प्रभावित
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १६:३५:४६
८ जेठ, श्रीलङ्का । श्रीलङ्कामा प्रतिकूल मौसमको कारण ३३ हजारभन्दा बढी मानिस प्रभावित रहेको अधिकारीले मङ्गलबार बताएका छन् ।
विपद् व्यवस्थापन केन्द्रका निर्देशक प्रदीप कोडिपिलीले मौसमी प्रतिकुलताका कारण एक हजार आठ सय २७ जनालाई सुरक्षित स्थानमा पठाइएको जानकारी दिए । विशेषगरी देशको उत्तरी, मध्य, पश्चिमी र उत्तर–पश्चिमी भागका मानिस प्रतिकूल मौसमको कारण प्रभावित भएको उनले बताए ।
मौसम विभागले मङ्गलबारको पछिल्लो मौसम पूर्वानुमानमा दक्षिणपश्चिम मनसुनको अवस्था बिस्तारै देशभरि स्थापित हुँदै जाँदा वर्षा र हावाको अवस्था जारी रहने जनाएको छ ।
विभागका अनुसार पश्चिमी, सबरागमुवा र उत्तर पश्चिमी प्रान्तलगायत गाले, मटारा, क्यान्डी र नुवारा–इलिया जिल्लाका केही ठाउँमा एक सय मिलिमिटरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार