नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ४० जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार ९:६:१
९ जेठ, काठमाडौं । अफ्रिकी देश नाइजेरियाको एउटा गाउँमा बन्दुकधारीले आक्रमण गरेका छन् । आक्रमणमा ४० जनाको मृत्यु भएको छ ।
उनीहरुले गाउँमा अन्धाधुन्ध गोली चलाएको बताइएको छ । त्यस्तै उनीहरुले धेरै घरमा आगो लगाएको स्थानीयको भनाइ छ । धेरै मानिसहरूलाई अपहरण समेत गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यहाँ किसान र गोठालोबीच बारम्बार झडप हुने गरेको छ । यो घटना नाइजेरियाको उत्तरी भागमा रहेको पठार राज्यमा भएको हो । पठारका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोले पठार बंगलाको जंगलमा सुरक्षा एजेन्टहरूको आक्रमणबाट भागेका लुटेराहरूले सोमबार राति जुराक र डकाई गाउँहरूमा आक्रमण गरेका थिए ।
सुरक्षा एजेन्टहरूले सात आक्रमणकारीलाई मारेको बताइएको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने गाउँका बासिन्दा बताउँछन् ।
जुराक निवासी बबनगिडा अलियुले भने, ‘हाम्रो गाउँमा पस्नेबित्तिकै उनीहरुले गोली चलाउन थाले । उनले ४० भन्दा बढी मानिसहरूलाई कुनै दया बिना मारे। उनीहरुको चंगुलबाट भागेर ज्यान जोगाउन सफल भएँ । मैले अहिलेसम्म मेरो परिवारलाई देखेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार