दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १०:४१:२२
९ जेठ, झापा । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व संकलन गरेको छ ।
नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व संकलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व संकलन गरेको थियो ।
नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा रु २१ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिए । “चालु आवको दुई महिनामा राजस्व संकलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने।
दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करबापत रु दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत रु एक करोड ६० लाख रकम संकलन गरेको सूचना अधिकारी चुडालले बताए । नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर रु एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सापास दस्तुर रु एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी संकलन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
असोज ११, २०८१ शुक्रबार
वीरगन्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार