सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १०:५६:३
९ जेठ, काठमाडौं । सिरियाकी प्रथम महिला तथा राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा असदलाई ब्लड क्यान्सर भएको छ । सिरियाली राष्ट्रपतिको कार्यालयले यो जानकारी दिएको जानकारी अनुसार अस्मा असदको पटकपटक स्वास्थ्य परीक्षण गरिएको र यसै क्रममा चिकित्सकको टोलीले उनको शरीरमा ब्लड क्यान्सरको लक्षण फेला पारेको उल्लेख छ ।
मेडिकल जाँचमा अस्मा असद गम्भीर ब्लड क्यान्सरबाट पीडित थिइन् । सिरियाको राष्ट्रपति कार्यालयका अनुसार प्रथम महिला अस्मा असदलाई केही आहारमा प्रतिबन्ध लगाउन सल्लाह दिइएको थियो । पहिलो महिलालाई उचित सामाजिक दूरी कायम गरी आइसोलेसनमा राखेर उपचार गरिने पनि बताइएको छ । अस्मा असदलाई हाल कुनै पनि सार्वजनिक कार्यक्रम वा गतिविधिमा भाग लिन निषेध गरिएको छ र उनको उपचार जारी रहनेछ। यसअघि सन् २०१९ मा अस्मा असदलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो ।
मध्य सिरियाकी अस्मा असदको जन्म लन्डनमा भएको थियो । उनी लन्डनमा हुर्किइन् । उनका बुबा लन्डनको क्रमवेल अस्पतालमा डाक्टर थिए । उनकी आमा लन्डनस्थित सिरियाली दूतावासमा सचिव थिइन् । सन् २००० मा उनले बसर अल असदसँग विवाह गरिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार