रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १२:२२:४१
९ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसका नेता र आफन्तहरूलाई धरपकड गर्ने तयारी गरेका छन् । आइतबार मात्रै संसदमा प्रतिशोधपूर्ण सम्बोधन गरेका लामिछानेले नेपाली कांग्रेसका केही नेताहरु र उनका आफन्तलाई छानी छानी धरपकड गर्ने र प्रमाण नपुगे डामेर छाड्ने तयारी गरेका हुन् ।
मंगलबार कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई पक्राउ गरेपछि उनको निशाना पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवा र छोरा जयवीर तथा कांग्रेस महामन्त्री गगन थापातिर सोझ्याएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र मञ्जु खाँणको नाम जोडिएको थियो । त्यतिबेला एमाले नेताहरु र केपी ओलीका स्वकीय सचिवको समेत नाम जोडिएको थियो ।
तर नक्कली भुटानी शरणार्थी प्रकरणमा भन्दा जग्गा प्रकरणमा र अकुत सम्पत्ति आर्जनको प्रकरणमा जोड्दा सहज हुने भएकाले लामिछानेले त्यसका लागि प्रहरी खटाइसकेका छन् । टीकापुरको सार्वजनिक जग्गामा आरजु देउवाको नाम जोडिएको भन्दै प्रहरीले छानविन गरिरहेको छ । टीकापुर जग्गा प्रकरणमा अनुसन्धान सजिलो हुने भएकाले त्यहाँबाट तान्न खोजिएको हो, प्रहरी स्रोतले भन्यो ।
आरजुलाई टार्गेट गरेरै सीआईबीका डीएसपी नेतृत्वको प्रहरी टोली टीकापुर पठाइएको छ । कैलालीको टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्थलगत अनुसन्धान अघि बढाइसकेको छ । सरकारी कागजपत्र कीर्ते गरी जग्गा हिनामिना गरेको देखिएपछि सीआईबीले यस सम्बन्धी विस्तृत अनुसन्धान गर्न डीएसपी नेतृत्वको टोलीलाई यसै साता फिल्डमै खटाएको जनाएको छ ।
लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेला मन्त्री सरहको सेवासुविधा पाउने गरी २०५३ सालमा नैनबहादुर स्वाँर टीकापुर विकास समितिको अध्यक्ष भएका थिए । उनले २०५५ सालसम्म समितिको अध्यक्षको जिम्मेवारी सम्हालेकै समयमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवालाई समेत जग्गा उपलब्ध गराइएको भन्दै अनुसन्धानका लागि सीआईबी परिचालन गरिएको छ । १३ वैशाख २०५४ मा उनले दिएको निवेदनका आधारमा त्यसको दुई दिनपछि १५ वैशाख २०५४ मा डा.आरजु राणा देउवाले टीकापुर नगर विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी लिएको कागजातबाट देखिएको सीआईबी स्रोतले जनाएको छ । यस बारेमा मिडियामा धेरै समाचार आउन थालेपछि आरजुले आफूले ०५३ सालमै विधिवत् रुपमा ५ कट्टा जग्गा लिएको तर ०६३ पछि मात्र त्यहाँ भुमाफियाको चलखेल बढेको दावी गरेकी छन् ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा हिनामिनामा संलग्न दुई सय ४९ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । अख्तियारले भ्रष्टाचार मुद्दा चलाएकोमा प्रहरीले लिखत कीर्ते सम्बन्धमा अनुसन्धान अघि बढाएको हो । टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको सीआईबीका निर्देशक एआईजी श्यामलाल ज्ञवालीले बताए । टीकापुर जग्गा हिनामिनाको विविध पाटोबारे विस्तृत अनुसन्धान गर्न फिल्डमै टोली खटाइएको छ । अख्तियारबाट भएको पत्राचारअनुसार प्रारम्भिक अनुसन्धान गरी विस्तृत बुझ्न टोली खटाइएको एआईजी ज्ञवालीको भनाई छ ।
गत २५ माघमा अख्तियारले कैलालीको नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पदाधिकारी, कर्मचारी र जग्गाधनी गरी दुई सय ४९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । टीकापुर नगरपालिका– १ टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरिएको अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाको अभियोगमा उल्लेख छ ।
टीकापुर विकास समितिको नाममा अभिलेख रहेका सक्कल कागजातजस्तै गरी पुरानो मितिका नक्कली घडेरी प्रमाणित पत्र, रकम बुझाएको रसिदलगायतका कीर्ते गरी जग्गा हिनामिना भएको थियो । यसमा तीन सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने देखिएको सीआईबीका अधिकारीको भनाई छ । अख्तियारका अनुसार ०६६ देखि पटक–पटक गरेर त्यसरी जग्गा हिनामिना भएको थियो । अख्तियारले नगर विकास समितिका पूर्व अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीविरुद्ध मुद्दा दायर गरेको छ । मालपोत कार्यालय टीकापुरका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्ट, नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृतद्वय मानबहादुर चन्द र गणेशबहादुर बमलाई पनि प्रतिवादी कायम गरेको छ ।
आइतबार मात्रै रविले संसदमा प्रतिशोधपूर्ण सम्बोधन गर्दै नयाँ दल र युवालाई अघि सारेको रास्वपा माथि कांग्रेसले राजनीतिक दमन र राजनीति गरेको आरोपसमेत लगाएका थिए । आफूमाथि व्यक्ति केन्द्रित अनुसन्धान गर्ने भए कांग्रेसका विवादित नेताहरू पनि छानबिनको दायरामा आउनुपर्ने उनको भनाइ थियो । आफू संसदीय छानबिन समितिबाट नभागेको पनि लामिछानेको दाबी थियो । ‘रास्वपालाई हटाएर यस्तो समिति बनाउने हो भन्नुस् रास्वपा तयार छ । के गर्नुपर्ने हो ? सदस्य त्यागेर, सभापति, सांसद नभएर नागरिकसमेत नभएर जिरोमा पुगिसकेको मान्छे हुँ’, रविले भने, ‘तपाईँहरूलाई के लाग्छ ? भन्नुस् के छोडेर हुन्छ ? सदन, मन्त्रालय, पार्टी देश के छोड्नुपर्छ तयार छु ।’
आफूले नबिराएको भन्दै व्यक्ति केन्द्रित समिति भने मान्य नहुने चेतावनी उनले दिएका थिए । ‘प्रमुख दलबीच सहमति हुन्छ भने संसदीय बनाउनुस् तयार छु । तर निश्चित विधिमा टेकेर हुनुपर्छ । सस्तो रुपमा बनाउनु हुँदैन’, रविले भने, ‘तर समाचार आएको भरमा नाम तोकेर व्यक्ति केन्द्रित समिति बनाउने हो ? लोकतन्त्रको लामो यात्रा गरेका दलले तय गरून्’, उनले चेतावनीको शैलीमा भनेका थिए ।
रविले बाँसबारी, बाल मन्दिर मिलाएको भन्दै अब टीकापुरको मुद्दा मिलाउने दाबी पनि गरेका थिए । ‘कतिपयले मिडियालाई मिलाउन भन्छन् तर म जनताको अस्पताल र विद्यालय मिलाउन आएको हुँ । नमिलेका कानुनका धारा मिलाउन आएको हुँ’, रविले भनेका थिए, ‘अब रोकिएका फाइललाई अघि बढाउन आएको हुँ, मिडियालाई मिलाउन आएको होइन । मैले बाँसबारी मिलाएँ, बाल मन्दिर मिलाएँ, टीकापुर मिलाउँछु, तर मिडिया मिलाउन सक्दिनँ ।’ उनले धम्कीको शैलीमा भनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपी हटाउने प्रयासः गृहमन्त्रीको चाहनामा प्रधानमन्त्री र बालकोट बाधक
असार ५, २०८१ बुधबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार
गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
असार ६, २०८१ बिहिबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
असार ६, २०८१ बिहिबार
म सिंहदरबारमा मन्त्री र संसदमा दलका शीर्ष नेताबाट अपमानित भएः प्रधानमन्त्री
असार ६, २०८१ बिहिबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
शुक्रबार तोलाको १९ सयले बढ्यो सुनको मूल्य
असार ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा पर्यो गृहमन्त्री लामिछानेविरुद्धको रिट
असार ७, २०८१ शुक्रबार
राजदूत भागबण्डामा प्रधानमन्त्री खिन्न
असार ७, २०८१ शुक्रबार
जोखिम मोलेर साँघु तर्दै
असार ७, २०८१ शुक्रबार
आजदेखि उपत्यकामा मेलम्चीको खानेपानी पानी बन्द
असार ७, २०८१ शुक्रबार