रौतहटमा आईपीभी खोप दुई चरणमा सञ्चालन हुने
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १३:५४:७
९ जेठ, रौतहट । यही जेठ १३ गते आइतबारदेखि राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुन गइरहेको ‘आईपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्वारा बुधबार गौरमा आयोजित ‘आईपीभी खोप अभियान २०८१ जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू’ बीच एक दिने अभिमुखीकरण गोष्ठीका वक्ताहरूले उक्त विचार राखेका हुन्। गोष्ठीमा आईपीभी खोप अभियान २०८१ दुई चरणमा सञ्चालन गरिने जनाइएको छ।
पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, गढीमाई, चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा यही जेठ १३ देखि १७ गतेदेखि सञ्चालन हुने जिल्ला खोप संयोजक अनिल कर्णले बताएका छन्।
त्यसैगरी, दोस्रो चरणमा राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, बौधीमाई, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने संयोजक कर्णले जानकारी दिएका छन्।
२०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आईपीभी खोप लगाउने योजना अनुसार रौतहट जिल्लामा ३७ हजार ८४७ लक्ष्य रहेकोमा ३९ हजार डोज खोप आइसकेको उनले बताए।
देशैभरि एक साथ सुरू हुने यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको अति नै महत्वपूर्ण भूमिका रहेकाले सकारात्मक भई समाचार सम्प्रेषण गरिदिन वक्ताहरूले आग्रह गरेका थिए।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन जनकपुरधामका फिल्ड अफिसर डाक्टर सुरेश शुक्लाले नेपालमा आइपिभी खोप सेवा अभियान २०७१ असोज मसान्तदेखि सुरू गरिएकोमा २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म उक्त खोपको चरम अभाव भएको बताएका थिए। उनले अभावलाई पूर्ति गर्न यो कार्यक्रमलाई देशैभरि खोप अभियानको रूपमा सञ्चालन गरिएको बताएका थिए।
सो अवधिमा आईपीभी खोप लगाउन छुटेका बालबालिकाहरूलाई पोलियो लाग्ने जोखिम रहको हुँदा ती बालबालिकाहरूलाई अनिवार्य रूपमा यो खोप दिन जरुरी रहेको डाक्टर शुक्लाले जानकारी दिएका छन्। ८० प्रतिशत पूर्ण, १६ प्रतिशत आंशिक र ४ प्रति लगाउन नसकेको खोपको समग्र अवस्था नेपालमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिन कुमार साहले बताएका छन्।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव, जिल्ला समन्वय समितिका सभापति एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष रामअयोध्याय यादव, नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभियान कुमार सिंह, युनिसेफका प्रतिनिधि सुरेश गुप्ता लगायत सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहितका वक्ताहरूले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ(आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘तातो हावाको लहर 'लू' प्रतिकार्यमा जुटौँ’
जेठ ३१, २०८१ बिहिबार
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
जेठ २८, २०८१ सोमबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
एक हप्तासम्म काठमाडौंका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने
असार २, २०८१ आइतबार
गण्डकीमा राप्रपालाई फकाउन पृथ्वीनारायण शाहको शालिकको लागि बजेट !
असार २, २०८१ आइतबार
युरोकपमा स्वीजरल्याण्डको विजयी सुरुवात
असार २, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार