सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
विनोद त्रिपाठी
जेठ ९, २०८१ बुधबार १८:०:२
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रियाको बाढी नै आएको छ । हरेक समाचार र विभिन्न व्यक्तिका पोष्टहरुमा आएका प्रतिक्रियाले हाम्रो समाज कति विद्रूप हुँदै गएछ भन्ने प्रतीत हुन्छ । हामी आफ्नो धारणा सही छ भन्न सक्छौं, तर सत्य हो भन्न सक्दैनौँ । तपाईंलाई सही लागेका विषय असत्य हुनेछन् जुन सत्यमा पुग्न तपाईंले थोरै अध्ययन गर्नैपर्छ । सामाजिक सञ्जालको प्रतिक्रियाले हाम्रो समाजको चित्र कोरिरहेको छ । कहाँ जाँदैछ समाज ? के हो हाम्रो चिन्तन र सोच ? अहिले नेपाली वातावरणमा यो जालो डरलाग्दो गरि नकारात्मक दिशामा हुँइकिएको छ ।
कैलाश सिरोहिया पक्राउ प्रकरणलाई धेरैले मजाकको रुपमा लिइरहेका छन् । खुच्चिङ भन्दै अट्टहास गरिरहेका छन् । प्रेस स्वतन्त्रता भनेको पत्रिकामा लेख्ने र पत्रिका चलाउने मात्र होइन । तपाईं हामीले प्रयोग गर्ने सामाजिक सञ्जालको अधिकार पनि हो । यो अधिकार जोगाउन यिनै ठूला मिडिया घरहरूको ठुलो योगदान छ । अब प्रश्न उठ्छ, के कैलाश सिरोहिया पक्राउ पर्ने बित्तिकै प्रेस स्वतन्त्रता हनन भयो ? हो, यो सम्पूर्ण रुपमा प्रेसमाथिको हमला हो । यसैमा चर्चा गरौं एकपटक ।
७ फागुन २०६२ मा सरकारले प्रजातन्त्र दिवस मनाउने नाममा नागरिक अधिकार संकुचन गर्न केही ऐन पारित गरेको थियो । त्यो बेला गृहमन्त्री थिए, कमल थापा । आन्दोलन चर्कँदै जाँदा प्रेसलाई सरकारले रोक्न खोजिरहेको थियो । सात दलको एकातिर आन्दोलन, अर्कोतिर कान्तिपुर एक्लै सहयात्री बनेर नागरिक अधिकार प्राप्तिका लागि लडिरहेका थियो । कान्तिपुरलाई आठौं दलको उपमा पनि दिइयो त्यो बेला । अन्य सञ्चार संघसंस्था र पत्रकार पनि अधिकारका लागि लडेकै थिए । तर, प्रभावकारिताको हिसाबले कान्तिपुर देश विदेशमा निकै शक्तिशाली थियो । कान्तिपुर त्यो बेलामा डग्मगाएन र अन्ततः हाल तपाईं हामीले स्वतन्त्रपुर्वक सामाजिक सञ्जालमा लेख्ने र बोल्ने अधिकार प्राप्त भएको हो । म यो आलेखमा राजनीति परिवर्तन र व्यवस्था फेरबदलतिर जान खोजेको छैन । मात्र, कान्तिपुर संस्थाको योगदानलाई संकेत गरेको हुँ ।
हालका गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्ट, सहकारी ठगी प्रकरण, नागरिकताको त्रुटी आदि विषय सरकारी अड्डाहरुमा अझै विचाराधीन अवस्थामा रहेका छन् ।
कैलाश सिरोहिया कान्तिपुरको मालिक हुँदै गर्दा उनले सौदाबाजी खेलेको भए सायद प्रेसको रुप अर्कै हुने थियो । उनले न्युज रुमलाई स्वतन्त्रपुर्वक छोडिदिन्थे । एउटा पत्रकारका लागि स्वतन्त्रपुर्वक समाचार पस्कन पाउनु ठुलो अवसर हुन्छ । कयौं मिडिया मालिकले पत्रकारिताको परिभाषा बुझेका थिएनन् । तर, कैलाशमा त्यो विवेकपन थियो । सम्पादकीय अधिकार थाहै नहुने कैयौं मिडिया मालिकले व्यवस्थासँग सौदा खेलेका हामीले देखेका थियौं । तर, कैलाशले व्यावसायिक धर्ममै टेकेर कान्तिपुरमा विज्ञापनको बाढी ल्याएका थिए र मनग्य पैसा पनि कमाएका हुन् । यसरी आजसम्म कान्तिपुर देशकै शक्तिशाली मिडिया हाउस बनेको थियो । यसमा कर्मचारी, पत्रकार, पाठक र विज्ञापनदाताको ठुलो योगदान छ । उनको व्यक्तिगत आर्थिक पाटो वा व्यवहारिक पक्ष यसमा जोड्न खोजेको होइन । सबै मिडियालाई लिड गर्ने सञ्चार संस्थाले देखाएको बाटोले धेरैलाई मार्गदर्शन गर्छ । त्यसैले नै आजसम्म नेपालको पत्रकारिता दक्षिण एसियामा अब्बल रहन सफल छ ।
अब रह्यो, कैलाश सिरोहियाको पक्राउ सवाल बारेमा । हो उनलाई धनुषा जिल्ला अदालतले पक्राउ गर्ने आदेश दियो । तर, के तपाईंलाई थाहा छ, नेपालमा अदालतको आदेश तुरुन्त कार्यान्वयन हुने गरेको छ ? पक्राउ आदेश दिएर सयौं व्यक्ति अहिले पनि खुल्लमखुल्ला हिँडिरहेका छन् । फैसला कार्यान्वयन निर्देशनालयका अनुसार, अदालतको आदेशबाट पक्राउ पर्न नसकेका व्यक्ति अहिलेसम्म १२ सय नाघेको छ । यसमा सबैभन्दा बढी राजनीतिकर्मी छन् । अदालतमा परेका मुद्दा र आदेशका विषय उठान गर्ने बित्तिकै अहिलेका अधिकांश नेताहरु जेलमा हुने थिए । युद्ध अपराधका मुद्दामा हालका प्रधानमन्त्री प्रचण्डको मुद्दा अझै अदालतमा विचाराधीन छ । नेतृ पञ्चा सिंहलाई त पक्राउ आदेश दिएको चार महिना नाघिसक्यो । केपी ओली, माधव नेपाल लगायतका नेताहरूका भ्रष्टाचार अनियमितताका उजुरी र मुद्दाहरू दर्ता र फैसलाका नजिरहरु स्थापित भइसकेका छन् ।
हालका गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्ट, सहकारी ठगी प्रकरण, नागरिकताको त्रुटी आदि विषय सरकारी अड्डाहरुमा अझै विचाराधीन अवस्थामा रहेका छन् । यी यस्ता सवाल हुन् जहाँ नेपालको शासन पद्धतिले कानुन कार्यान्वयनमा कमजोर बनाइदिएको छ ।
प्रेसमाथिको हमला पत्रकारलाई समाचार लेख्न रोक लगाउने, भौतिक आक्रमण गर्ने, धम्क्याउने मात्र होइन, त्यो सञ्चार संस्थामाथि हुने प्रहार सबैभन्दा ठुलो बन्देज हो । यहाँ मिडिया मालिकको पक्ष वा विपक्षीमा बोलेको भन्ने सवाल हुँदै होइन ।
यसैमा अदालतले एउटा सुविधा प्रदान गरेको विषय हो, मुद्दा छोडेर नभाग्ने व्यक्तिलाई पक्राउ नगर्नु । त्यसैले धेरै व्यक्तिहरूले बाहिरै बसेर अझै यस्ता कैयौं मुद्दा खेपिरहेका छन् । कैलाश सिरोहियाको नागरिकताको विवाद अदालतले निरुपण गर्छ । यो स्वभाविक पनि हो । तर,यही मुद्दाबाट उनी देशै छोडेर त भाग्ने थिएनन् । यो आलेखमा अदालतले आदेश दिएका अन्यलाई पक्राउ नगर्ने कैलाशलाई मात्र किन पक्राउ गर्ने ? यो पनि भनिएको होइन । यहाँ सवाल यतिको जिम्मेवारी व्यक्ति भाग्ने थिएनन् र कानुनलाई सघाएरै जान्छु भनेका वखत किन एक्कासी पक्राउ गरियो भन्ने विषय हो । अनि पक्राउ गर्नुपर्ने कारण के हो ? हो त्यसको अन्तर्यमा जान आवश्यक छ ।
प्रेसको धर्म र नागरिकको कर्म
३० साउन २०७६ मा रवि लामिछानेलाई टेलिभिजन कार्यक्रम कक्षबाट प्रहरीले पक्राउ गरेको थियो । त्यो बेला पनि यो पंक्तिकार यसरी नै एक्लो वृहस्पति बनेर वाक स्वतन्त्रता र प्रेसकै पक्षमा बोलेको थियो । त्यो बेला रवि पक्राउको विरोधमा न कुनै सञ्चार गृह बोलेका थिए न कुनै सञ्चारकर्मी जागेका थिए । मूलधारका मिडिया चुप थिए । सबै सम्पादकहरू मौन थिए । मूलधार पत्रकारिताबाट सम्पादकको रुपमा म एक्लै बोलिरहेको थिए । यसका प्रमाणहरू अझै जीवित नै छन् । मूलधारको पत्रकारिताबाट ममात्र रविको रिहाइका लागि उत्रेको थिए । रविको रिहाइका लागि तत्कालीन एसएसपी उत्तमराज सुवेदी, जिल्ला अदालत चितवनका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई, वकील सुनिल पोखरेल, चुडामणि सापकोटा, चितवनका प्रहरी प्रमुखसँग मैले गरेको पहल कति भीमकाय थियो भन्ने त यी तत्तत् पात्रलाई मात्र थाहा छ । रवि रिहाइका लागि ती लाखौँको भीड भन्दा मेरो आन्तरिक पहल बलवान थियो ।
सामाजिक सञ्जालकर्तालाई मेरो अनुरोध छ, मैले पस्केका सामग्रीमा विरोध गर्नुअघि एकपटक गम्भीर बनेर सोच्नुस् । विरोध गर्नुस् केही फरक पर्दैन तर म जुनसुकै रुपमा हुने प्रेसमाथिको हमला विरुद्ध लडिरहनेछु । मैले जीवनको आधा उमेर यही पेशामा समर्पण गरिसकेँ । म आफ्नो कर्मलाई पूजा गर्छु । हो, मैले पनि कयौं मिडिया मालिकबाट अन्याय भोगेको छु । तर, मालिकका गल्ती कमजोरीमाथि टेकेर प्रेसलाई हमला गर्न सक्दिन र गर्न दिनेछैन । मैले जीवनमा पत्रकारिता गरेर व्यक्तिगत रुपमा धेरै गुमाएको छु । अनुभव र अध्ययन प्राप्त गरें हुँला तर भौतिकताका अनेक पाटाहरूबाट म निकै पुछारमा छु । व्यक्तिगत दुख सहेरै पनि इमान जमान नछोडेको अपवादमा दरिने मेरो प्रयास सधैं रहनेछ ।
प्रेसमाथिको हमला पत्रकारलाई समाचार लेख्न रोक लगाउने, भौतिक आक्रमण गर्ने, धम्क्याउने मात्र होइन, त्यो सञ्चार संस्थामाथि हुने प्रहार सबैभन्दा ठुलो बन्देज हो । यहाँ मिडिया मालिकको पक्ष वा विपक्षीमा बोलेको भन्ने सवाल हुँदै होइन । मुलुक निर्माणको मुल खम्बा कान्तिपुरमाथिको आक्रमणले निम्त्याउन सक्ने प्रेसको संकटापन हो ।
कैलाश सिरोहियाको पक्राउ प्रकरणलाई एकथरीले नश्लीय आवरण दिइरहेका छन् । यो अर्को भुल हो । मधेशी समुदायका नेपालीहरूले यो भ्रमबाट मुक्त हुनुपर्छ । कैलाश स्वयंले पनि त्यो व्यवहार देखाएको हामीले कहिल्यै अनुभव गरेनौँ । मैले कान्तिपुरमा बिताएका डेढ दशक बढीको अवधिमा उनीसँगको भेटमा मैले यो स्पष्ट बुझ्ने मौका पाएको हुँ । कैलाशलाई यहाँ मधेशी भनेर पक्राउ गरिएको छैन, यहाँ कथित कीर्ते नागरिकताका नाममा पनि पक्राउ गरिएको होइन । यहाँ त कसै कसैलाई समाचारमा चित्त नबुझेपछि चित खाएर पक्राउ गर्न लगाइएको हो । यो सबैले बुझ्न जरुरी छ । भलै औपचारिक रुपमा अदालतले कीर्ते नागरिकताको मुद्दामा टेकेर पक्राउ आदेश दियो तर यसको अन्तर्य र प्रतिशोधतर्फ को–कसका निहित स्वार्थ लुकेको छ, सचेत नेपाली स्पष्ट हुनुपर्छ ।
आज मिडियामाथिको प्रहारले भोलि सामाजिक सञ्जाल बन्द हुनसक्छ । प्रचण्ड सरकारले टिकटक बन्द गरेको नजिर तपाईं हाम्रा सामु छ । अनि यो सरकारले अन्य भएका सामाजिक सञ्जाल पनि बन्द गर्दैन भन्ने कुनै आधार छैन । आज सामाजिक सञ्जालका माध्यममार्फत भ्युज टिओआरपी बटुलेर हजारौं युट्युबर, सामाजिक सञ्जालकर्ताले लाखौं कमाइरहेका छन् । के यो पनि बन्द भएको हेर्न चाहनुहुन्छ ? यदि खुल्ला समाज र वाक स्वतन्त्रता चाहनुहुन्छ भने आजैदेखि कुरै नबुझी कमेन्ट गर्न बन्द गर्नुस् । विद्रूप बनेर होइन, अलिकति भएपनि विद्धान भएर प्रस्तुत हुनुहोस् । तपाईँका हरेक प्रतिक्रियाले तपाईंको परिचय दिइरहेको हुन्छ । अतः प्रजातन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रताका लागि हुने राज्य पक्षका यस्ता अनेक हर्कतहरु विरुद्ध सधैं सामूहिक आवाज बन्न सकौँ । यही नै असल नागरिकको कर्तव्य हो ।
विनोद त्रिपाठी
लामो समय व्यवसायिक पत्रकारितामा डटेर लागेका पत्रकार त्रिपाठी विभिन्न मुलधारका राष्ट्रिय दैनिक, टेलिभिजन र अनलाइनहरुमा सम्पादकको भुमिका निर्वाह गरिसकेका छन् । हाल त्रिपाठी नेपालबहसका नियमित स्तम्भकार हुन् ।
लेखकबाट थपकम्युनिष्ट नेताहरू समाजवादका सम्भावना जति सबै नष्ट गरिदिने बाटोमा लागेका हुन् ?
असार १, २०८१ शनिबार
अझै घट्न सकेन उच्च मातृ मृत्युदर
जेठ ३१, २०८१ बिहिबार
शैलजा दिदीको सम्झनामा
जेठ २८, २०८१ सोमबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि मन्त्रालयगत छलफल हुने
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि जर्मनीका समकक्षीसँग भेटवार्ता हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार