बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार २२:१९:२२
९ जेठ, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आज लुम्बिनीमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
२५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा आज आयोजित भगवान बुद्ध र उनका शिक्षाहरु’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त सांस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरूको प्रशंसा गरेका थिए ।
उनले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले दुई देश बीचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने बताए । साथै उनले विभिन्न क्षेत्र बीचको सहकार्यले मजबुत बनाएको नेपाल र भारतबीच सदियौं पुरानो र बहुआयमिक सम्बन्ध रहेको बताए ।
कार्यक्रममा राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रुपमा रहेको भन्दै यसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताए । उनले नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरु रहेको र त्यहाँबाट भगवान बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरुमा फैलिएको स्मरण गरे। यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहने बताए ।
वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित सांस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए। कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महरा लगायत लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा वरिष्ठ पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भारतको सिक्किमको विस्तृत रुपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरूप प्रदान गरेका थिए । यसैगरी आजै लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयक विचार गोष्ठीको आयोजना गरेको दूतावासले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
असार १, २०८१ शनिबार
भारतको सहयोगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास
असार १, २०८१ शनिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
लज्जास्पद हारबारे संघ प्रमुख भागवत र सीएम योगीबीच आज छलफल हुने
असार १, २०८१ शनिबार
आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसंघ गठन
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि जर्मनीका समकक्षीसँग भेटवार्ता हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
रौतहटमा शौच गर्न निस्किएका युवक मृत फेला
असार १, २०८१ शनिबार