किराँत समुदायमा धुमधामका साथ उँभौली मनाउँदै
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार ११:१७:२१
१० जेठ, गाईघाट । पूर्वका किराँत बस्तीहरूमा आजदेखि उँभौली पर्व प्रारम्भ भएको छ । वैशाख पूर्णिमाका अवसरमा १५ दिनसम्म ढोल झ्याम्टाका साथ साकेला नाच्दै किराँत राईहरूले धुमधामका साथ यो पर्व मनाउँछन् ।
किराँत राईको बसोबास रहेका पूर्वी पहाडी जिल्लाका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ, तथा राजधानी काठमाडौँलगायत सहरमा यो पर्व धुमधामका साथ मनाइँदै छ ।
उँभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख शान्ति रहोस् र दैवीप्रकोप तथा विपत्ति नआउन भनी कृषि युगदेखि नै मनाउन थालिएको किराँत संस्कृतिका अध्येता शुभराज राईले राससलाई बताए । त्यसैगरी उँभौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी बेँसीतिरबाट लेकतिर सर्ने सङ्केत गर्न तथा अन्नबाली लगाएको खुसियालीमा मनाइन्छ ।
प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा उकालो (उँभो) पानी आउने ठाउँतिर बसाइ“ सरेको समयलाई उँभौली भनेको पाइन्छ । भाषा, संस्कार तथा संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उँभौलीका अवसरमा संसारभर छरिएर रहेका किराँत आपसमा शुभकामना आदान–प्रदान गरी यो पर्व मनाउ“दै आएको किराया उदयपुरका सदस्य निशान राईले बताए ।
उँभौलीका अवसरमा सामूहिक रुपमा भेला भई दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा साकेला नाचिन्छ । राईहरू हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर साकेला नाच्दै यो पर्व मनाउ“छन् भने सुनुवार ढोल बजाएर स्यादर नाच्छन् । हाल युवापुस्तामा साकेलाको आकर्षण बढ्दै गएको छ । युवाले साकेलामा माया प्रेमका शब्दहरूलाई जोडेर गाउने चलन पनि बढ्दै गएको छ । किराँत बस्तीमा प्रशिक्षण नै सञ्चालन गरी साकेला नाच नाचिन्दैछ ।
यसैबीच, खोटाङबाट रासस समाचारदाताले पठाएको समाचारअनुसार साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घर–घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ । जिल्लाको किराँत ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायतका धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।
किराँती राई समुदायको घनाबस्ती रहेको माँझ किराँत खोटाङका हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै उँभौली चाड मनाउने गरिएको छ । छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरा सुरुवाल, ढाका टोपी किराँती मौलिक भेषभूषामा ठाँटिएर हरेक किराँतीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किराँत समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीहरूसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।
बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ । हात÷खुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरू प्रदर्शन गरिन्छ ।
किराँत ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरुपमा सुरुआत गरिने साकेला उँभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेल मैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर साकेला सिली नाचिन्छ ।
साकेला उँभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । साकेला उँभौली चाडलाई किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
असार १, २०८१ शनिबार
रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासीको कथाव्यथा पनि उस्तै
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
ललितपुरको कृषि विकास सहकारीका अध्यक्ष तेजविक्र थापासहित ४ जना पक्राउ
असार २, २०८१ आइतबार
युक्रेन युद्ध रोक्न पुटिनले राखेको प्रस्ताव इटाली र जर्मनीद्वारा अस्वीकार
असार २, २०८१ आइतबार
कति छ कर्णालीको पुँजीगत खर्च ?
असार २, २०८१ आइतबार
नेकपा एसका केन्द्रीय तहका नेता स्वतः महाधिवेशन प्रतिनिधि हुने
असार २, २०८१ आइतबार