चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १५:३३:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/mohatsab_bycKFIIBzf_NE402G51xO.jpg)
१० जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित ऐतिहासिक चण्डेश्वरी जात्राका अवसरमा आजदेखि रैथाने खाना महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने जात्रा अवधिभर महोत्सव पनि सञ्चालन हुने आयोजकको भनाइ छ ।
काभ्रेपलाञ्चोक होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रेपलाञ्चोक पार्टी प्यालेस तथा क्याटरिङ सङ्घद्वारा संयुक्त रूपमा आयोजित महोत्सवको एक कार्यक्रमकाबीच बनेपा नगरप्रमुख शान्तिरत्न कायस्थले जेरी पकाएर र उपप्रमुख विमला सापकोटाले सेल पकाएर उद्घाटन गरे । शाक्य र सापकोटाले रैथाने परिकार प्रवर्द्धनमा महोत्सवले टेवा पुर्याउने बताए ।
सांस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउने, रैथाने खानाको परिचय तथा प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको होटेल तथा रेस्टुराँ व्यवसायी सङ्घका अध्यक्ष श्यामकुमार भालुले बताए । महोत्सव नाफामूलकभन्दा पनि रैथाने खाना प्रवर्द्धनका लागि आयोजना गरिएको उनले बताए । उनका अनुसार चण्डेश्वरी जात्राको भोजमा तयार गरिने ‘समयबजी’ महोत्सवको मुख्य आकर्षण बनाइएको छ ।
महोत्सवका २५ मध्ये १५ प्रदर्शनी कक्षमा नेवारी रैथाने परिकार राखिएको होटल व्यवसायी महासङ्घका कोषाध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । बाँकी १० वटा प्रदर्शनी कक्षमा भने अन्य खानाका परिकार छन् । श्रेष्ठले जात्रामा आउने आफन्त, इष्टमित्र एवं पाहुनालाई लक्षित गरेर महोत्सव आयोजना गरिएको बताए ।
यसैबीच चण्डेश्वरी जात्राअन्तर्गत आज बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरी औपचारिक रूपमा जात्रा सुरु गरिएको हो । यात्रामा हजारौँ धर्मालम्बीको उपस्थिति छ । तुलसीको काठद्वारा निर्मित रथ आजै बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरूले विभिन्न बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिरतर्फ लगिनेछ । अन्तिम दिन देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमापश्चात् पुनः मन्दिर पुर्याएपछि जात्रा सकिने छ । जात्रा अवधिभर स्थानीयका घरघरमा भोज गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा आदिवासी जनजाति महोत्सव
जेठ २७, २०८१ आइतबार
मध्यपुरथिमिमा शनिबारदेखि दोस्रो ‘वः’ महोत्सव हुने
जेठ २४, २०८१ बिहिबार
भैरहवामा वृहत् सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न
जेठ १६, २०८१ बुधबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रन्छ, अब गठबन्धन गर्दैन : महामन्त्री शर्मा
असार १, २०८१ शनिबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कार्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु
असार २, २०८१ आइतबार
मनाङमा खाद्य उत्पादन वृद्धि
असार २, २०८१ आइतबार