बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १३:३५:३८
११ जेठ, भैरहवा । २५६८ औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न गुम्बा र मायादेवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । बिहीबार दिनभर सङ्ख्या कम रहे पनि साँझ ७ बजेपछि हजारौँका सङ्ख्यामा दर्शनार्थी आएपछि व्यवस्थापनमा कमी देखिएको जनाइएको छ ।
बिहीबार साँझ ७ बजेपछि भीड नियन्त्रण गर्न केही बेर मायादेवी मन्दिरको मूलद्वार नै बन्द गर्नुपरेको थियो । दर्शनार्थीको भीड मूल द्वारदेखि बेबी बुद्धसम्म पुगेको थियो । पवित्र उद्यानमा पनि ठाउँ नभएपछि विकास कोषले भित्र रहेका दर्शनार्थी बाहिर गएपछि मात्र मूल द्वारसँगै पश्चिमी द्वार खोलेको थियो ।
भीडका कारण लुम्बिनी विकास कोषको ३ नम्बर प्रवेशद्वार र ४ नम्बर द्वारमा जाम लागेको थियो । कोष बाहिर पनि निर्माणाधीन पुलको कारण जाम लागेर दर्शनार्थीले सास्ती खेप्नुपरेको थियो । लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार बुद्ध पूर्णिमाको दिन मात्र ५० हजारभन्दा बढीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् । “यो सङ्ख्या अझै बढ्ने सम्भावना थियो, तर भारतमा भएको लोकसभाको निर्वाचनको कारण भारतीय दर्शनार्थी धेरै आउन सक्नुभएन”, राईले भने, “अहिलेको चाप हेर्दा पनि भविष्यमा यसलाई व्यवस्थापन गर्ने गरी कोषले योजना बनाउन आवश्यक रहेको छ ।”
उनले पूर्णिमाको दिन दर्शनार्थीको घुइँचो देखेर उत्साहित बनाएको बताए । थोरै विदेशी पर्यटक रहे पनि ९५ प्रतिशत बढी अवलोकनकर्ता नेपाली नै रहेको राईले जानकारी दिए ।
परिवारसहित लुम्बिनीमा आएका भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले भीडका कारण पर्यटन व्यवसायीलाई खुसी बनाएको बताए । उनले भैरहवास्थित गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गरी अन्तरआबद्धता बढाउन सके यो क्षेत्रको पर्यटन सधैँ यस्तै गुल्जार हुनसक्ने बताए ।
गत वर्षसम्म मन्दिर परिसरमै दीप प्रज्ज्वलन गर्ने गरिएको थियो । तर यस वर्षदेखि भने कोषले बगैँचाबाहिर शेड बनाई दियो बाल्ने व्यवस्थापन गरेको छ । मायादेवी मन्दिरलाई विद्युतीय बत्तीले सजाइएको थियो । यसले पनि पर्यटकलाई मोहित बनाएको थियो । गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको वैशाख पूर्णिममा त्रिसंयोगको रुपमा बुद्ध जयन्ती मनाउने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध
असार १०, २०८१ सोमबार
खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने
असार ७, २०८१ शुक्रबार
वाग्द्वारका पुजारी निकाल्न स्थानीयको अवरोध
असार ७, २०८१ शुक्रबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार