चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १५:१९:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/chitwan_4dQof1UgzB_DijGh7tWds.jpg)
११ जेठ , चितवन । लामो समयको खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा घाँसे मैदान सुक्खा हुन थालेपछि डिपबोरिङ गरी पानीको आपूर्ति गर्न थालिएको छ ।
निकुञ्जको पश्चिम क्षेत्र सुकीभारसँगै अन्य क्षेत्रमा समेत पानीको सतह अघिल्ला वर्षको तुलनामा घट्दै गएपछि सिमसार र घाँसे मैदान क्षेत्रमा पानीको अभाव देखिएको हो । पानीको अभाव हुँदै गएपछि निकुञ्जले सो क्षेत्रमा पर्याप्त पानी पु¥याउनका लागि डिपबोरिङ गरी पानीको पूर्ति गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनले भने, “नारायणी नदीको पश्चिम भँगालो नवलपारसीको सुकिभार र भरतपुरको देवनगर क्षेत्रमा डिपबोरिङ गरिएको हो ।” सिमसार क्षेत्रमा पानीको अभाव भएसँगै वन्यजन्तु पानी र आहारा खोज्न बस्ती पस्न थाल्ने हुँदा बस्ती पस्नेक्रम रोक्नका लागि डिपबोरिङमार्फत सिँचाइको व्यवस्था गरिएको हो । सुक्खा क्षेत्र सिँचाइ भएपछि वन्यजन्तु निकुञ्जमै भुल्ने उनले बताए ।
उनका अनुसार घाँसे मैदान, सिमसार र पोखरी रहेका तीन क्षेत्रमा पानीका लागि डिपबोरिङ गरिएको हो । निकुञ्जका भिम्ले घाँसे मैदान, सुकीभार घाँसेमैदान र भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा डिपबोरिङ गरिएको हो । भिम्ले र देवनगरमा नयाँ बोरिङ जडान गरिएको हो भने सुकीभार क्षेत्रमा बिग्रिएको बोरिङ मर्मत गरिएको उहाँले जानकारी दिए ।
सुकीभार क्षेत्रमा वन्यजन्तुको उपस्थिति बढाउनका लागि सिमसार, घाँसे मैदान र पोखरी भएका क्षेत्रमा डिपबोरिङ गरी पानीको व्यवस्था गर्दा यसले घाँसे मैदानमा सिँचाइ, सिमसार क्षेत्रमा पानीको पर्याप्तता र पोखरीमा नियमित पानी रहन सहज हुने उनले जानकारी दिए । हाल नारायणी नदीको पश्चिम भँगालो क्षेत्रमा पर्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीको सतह घट्दै गएकाले वन्यजन्तु बस्ती पस्ने जोखिम हुन नदिन डिपबोरिङको पानी महत्वपूर्ण हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
इच्छाकामनाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
असार ११, २०८१ मंगलबार
भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार