दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १५:२३:५१
११ जेठ, कञ्चनपुर । महेन्द्रनगर र डडेल्धुराको भित्री मधेस जोड्ने दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र परेको छ । वि.सं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको सात वर्ष बित्दा पनि सडकको नौ किलोमिटर सडकखण्ड मात्रै कालोपत्र भएको छ । हालसम्म सडक निर्माणका लागि चारपटक म्याद थप हुँदासमेत निर्माणले पूर्णता पाउन सकेको छैन ।
कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिकपर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । उक्त सडक निर्माण नहुँदा डडेल्धुराको भित्री मधेसका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
“डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दूरीको सडक नबन्दा हामीले घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ”, डडेल्धुराको जोगबुढाका रामबहादुर बुढामगरले भने, “यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख खेप्नुपरेको छ ।”
उनले सडक नहुँदा जोगबुढा र पर्शुराम क्षेत्रको उत्पादन बिक्रीका लागि पनि समस्या हुने गरेको बताए । “सडक भइदिएको भए यहाँ उत्पादन भएका दाल, तरकारी महेन्द्रनगर बजार लगेर बिक्री गर्न सहज हुन्थ्यो”, उनले भने, “सडक निर्माण भइदिए यहाँ धेरैले रोजगार पाउने थिए ।”
सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा चुरे पहाडमा सडक किनारामा निर्माण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय नरेश जोशीले बताए । “बनेका पर्खाल र नाली जीर्ण हुदै गएका छन्”, जोशीले भने, “वर्षात्मा हरेक वर्ष सडमा क्षति हुने गरेको छ ।”
डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पकारुपमा रहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले भने सडक निर्माणमा ढिलाइ भएको जनाएको छ । कार्यालयका सूचना अधिकारी आन संह डाँगाले तीन वर्षमा सम्पन्न गरिसक्नुपर्ने सडक हालसम्म पनि पूरा नभएको बताए ।
“हरेक वर्ष वर्षात्मा बाढीले क्षति गर्ने गरेको छ, यसका कारणले पनि समस्या भएको छ”, उनले भने, “हालसम्म चार पटक म्याद थप भइसकेको छ, अहिले पनि म्याद थपको प्रक्रियमा छ ।” उनका अनुसार निर्माण व्यवसायीले रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ । कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किमी दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किमी पार गरेपछि पुगिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार