रफाहमा आक्रमण तुरुन्त रोक्न इजरायललाई संयुक्त राष्ट्र संघ अदालतको आदेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार २०:५५:४
![](https://nepalbahas.prixacdn.net/media/albums/un_court_rHyOeJPGHE_c3AlTeBtr4.jpg)
११ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतले दक्षिण अफ्रिकाले ल्याएको इजरायल विरुद्धको मुद्दामा आफ्नो फैसला सुनाएको छ । अदालतले इजरायललाई दक्षिणी गाजा शहर रफाहमा आफ्नो सैन्य कारबाही रोक्न आदेश दिएको छ ।
अदालतले आदेशमा भनेको छ- इजरायलले तुरुन्तै रफाहमा आफ्नो सैन्य आक्रमण र गाजामा प्यालेस्टिनी समूहलाई पूर्ण वा आंशिक रूपमा भौतिक विनाश ल्याउन सक्ने अन्य कुनै पनि कारबाही रोक्नुपर्दछ ।', अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले आदेश सुनाउँदै भने ।
दक्षिण अफ्रिकाले मे १० मा इजरायल विरुद्धको नरसंहारको मुद्दामा थप उपायहरूका लागि तत्काल अनुरोध दायर गरेको थियो ।
त्यस्तै यस मुद्दामा नेदरल्याण्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतका न्यायाधीशहरूको प्यानल बसेको छ र यस्तै प्रकृतिको मुद्दामा फैसला सुनाउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बर्खास्त गरे एक शीर्ष कमाण्डर
असार ११, २०८१ मंगलबार
केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार