पाकिस्तानको टी-२० विश्वकप टिमको घोषणा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार ९:४४:६
![](https://nepalbahas.prixacdn.net/media/albums/pakistan_cricket_team_qLRqNUjmGK_Vdqzo8IUx8.jpeg)
१२ जेठ, काठमाडौं । पाकिस्तानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने पाकिस्तानी टिममा बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रोउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, साइम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी तर उसमान खान रहेका छन् ।
टी-२० विश्वकपमा पाकिस्तान समूह ए मा रहेको छ । समूह ए मा पाकिस्तानसहित भारत, क्यानडा, आयरल्याण्ड र अमेरिका रहेका छन् ।
पाकिस्तानले विश्वकपमा पहिलो खेल जुन ६ मा आयोजक अमेरिका विरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै दोस्रो खेल चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग जुन ९ मा हुने छ भने तेस्रो खेल क्यानडासँग जुन ११ मा खेल्ने छ । त्यस्तै समूह चरणको चौथो तथा अन्तिम खेल जुन १६ मा आयरल्याण्डसंग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार