अनुदानमा बिरुवा पाएपछि जैमिनीका किसान केराखेती गर्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार १५:४१:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/Banana-Farm_u0FfZgebSp_6sIBOtAnkY.jpg)
१२ जेठ, बलेवा 'बागलुङ' । जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षदेखि किसानलाई केराका बिरुवामा अनुदान उपलब्ध गराउन थालेपछि यसतर्फ उनीहरुको आकर्षण बढेको छ ।
नगरपालिकाले केराखेती गर्ने किसानका लागि प्रतिबिरुवा रु २० अनुदान उपलब्ध गराउन थालेपछि स्थानीयले धान फल्ने खेतमा केराखेती गर्न थालेका हुन् । बागलुङ तथा कुश्मा बजारमा कुश्मीशेराका केराको माग बढी हुनाका साथै उत्पादन पनि बढी हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न अनुदान उपलब्ध गराइएको जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले राससलाई बताए । यहाँका एक सय किसानलाई अन्य कृषि पेसासहित केराखेतीमा पनि जोडिएको उनले जानकारी दिए ।
जैमिनी–१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पु¥याउने चटारो छ । घर पारिको खेतमा केराका बिरुवा लगाउन दैनिक चारजना खेताला परिचालन गरेको उनले बताए। शर्माका अनुसार आठ रोपनी जमिनमा यतिबेला सयौँ केराका बोट छन् । उनले २५ रोपनी जमिन रहेको भन्दै बाँकी खेतमा पनि केरा लगाउने योजना बनाएको बताए ।
यस वर्ष मात्रै दुई हजार तीन सय ५० केराका बिरुवा लगाएको शर्माले जानकारी दिए । उनका अनुसार अघिल्ला वर्षहरु लगाइएका बोटले वर्षेनि आम्दानी दिइरहेका छन् ।
“केही वर्ष अघिसम्म कयौँ दिन लगाएर रोपाइँ गरिने खेत जनशक्तिको अभावमा बाँझै हुन थालेको थियो । अहिले केराका बगैँचा बनेका छन्”, उनले भने, “छोराछोरी घरमा छैनन्, खेताला लगाउँदा घाटा नहुने भएकाले केराखेती गर्न लागेको हुँ ।” खेत र पाखाभरि केराको बगान बनाउने योजना रहेको उहाँको भनाइ छ ।
शर्मा मात्रै होइन, यहाँका अधिकांश किसानले धान फल्ने खेतमा केरा लगाउन थालेका छन् । कुश्मीगाउँका धर्मराज शर्मा, वडारका खेम पौडेल, टारका पूर्णप्रसाद शर्मालगायतले धान रोपाइँ नगरेर केराखेती थालेका छन्।
“धान रोप्दा उत्पादनले खेताला नथेग्ने अवस्था भयो । बीउ, मल उस्तै महँगो”, पूर्णप्रसाद शर्माले भने, “वर्षमा एक महिना जति हेरचाह गरे वर्षभरि उत्पादन दिन्छ । खेती गर्न सहज र आम्दानी पनि मनग्ये हुन्छ ।” उनका अनुसार केराखेती विस्तारका लागि वडा कार्यालयले प्रोत्साहित पनि गरिरहेको छ । प्राविधिक समस्या भए वडाले सहजीकरण गर्ने उनको भनाइ छ ।
केराखेतीबाट यहाँका अधिकांश किसानले वर्षमा रु ५० हजारदेखि रु चार लाखसम्म आम्दानी गरिरहेका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार समुन्द्री सतहबाट छ सय मिटर उचाइमा रहेकाले जैमिनीघाट र कुश्मीसेरा केराखेतीका लागि उपयुक्त स्थान हो ।
‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी–९’ जातका केरा यहाँ सिफारिस गरिएको शर्माले जानकारी दिए । स्थानीय जातका केरा छिटो नबिग्रने भएको सिफारिस गरिएको उनको भनाइ छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि यस क्षेत्रलाई केराको ‘पकेट जोन’ मानेको छ । वडा कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा खण्डमा जोडिएपछि बजारीकरणमा सहज भएको जैमिनी–१ का वडाध्यक्ष आचार्यले बताए ।यहाँको केरा बजारमा प्रतिदर्जनरु एक सय २० देखिरु एक सय ५० सम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन् ।
नगरपालिकाले केरा पकेट विस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ सञ्चालन गरेको कृषि प्राविधिक शर्माले जानकारी दिए। “रु एक करोड बजेटमा हामीले प्रवर्द्धनात्मक कार्यक्रम गर्दैछौँ”, उनले भने, “सिँचाइका लागि पाइप खरिद गरेर किसानलाई दिने काम भइरहेको छ ।”
कृषि प्राविधिक शर्माका अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम आएपछि बाँझो जमिनमा किसानले केराखेती बढाइरहेका छन् । आगामी वर्षमा नगरपालिका तथा वडा कार्यालयसँगको सहकार्यमा किसानलाई प्रोत्साहन हुने कार्याक्रम ल्याइने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार