के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार १५:४३:७
१२ जेठ, काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्डेयको समस्या बढ्नेक्रम जारी रहेको छ । यस सिजन मुम्बई इण्डियनको कप्तान बनेदेखि नै चर्चामा रहेका हार्दिकको प्रदर्शन यस सिजनमा सोचे अनुसार हुन सकेन ।
यसको असर हार्दिकलाई मात्र परेन उनको टिम मुम्बई इण्डियन्सलाई पर्यो । हार्दिकलाई कप्तान बनाएको मुल्य मुम्बई इण्डियन्सले पनि चुकायो । यस सिजनको आइपिएलमा पुछारमा रहदै सिजन समाप्त गरेको मुम्बईमा पुन: आगमन हार्दिकका लागि ब्याक फायर बन्यो । यस सिजनमा न त उनको व्यक्तिगत प्रदर्सन राम्रो रह्यो न त उनले टिमलाई नै जितको लागि प्रेरित गर्न सके । अब आइपिएलबाट बाहिरिएपछि हार्दिकको निजी जीवन चर्चामा रहेको छ ।
उनको पत्नी नतासा स्टानकोभिकसँगको सम्बन्ध राम्रो नभएको र यो जोडी डिभोर्सको तयारीमा रहेको दाबि गरिएको छ । रेडिटमा गरिएको एक पोष्टमा दुवैले डिभोर्स गर्ने तयारी गरेको दाबी गरिएको छ । यस पोष्टलाई उदृत गर्दै भारतीय मिडियाले पनि यसलाई निकै प्राथमिकता दिएका छन् ।
नताशाले यसअघि सामाजिक सञ्जालमा आफ्नो नामको पछाडी पाण्डेय राखेको र हालै आफ्नो नामको पछाडी रहेको पाण्डेय हटाएपछि पनि अड्कलबाजी बढेको बताइएको छ । सामाजिक सञ्जाल र मिडियामा नतासाले हार्दिकको ७० प्रतिशत सम्पत्ति लिएर डिभोर्स गर्न लागेको चर्चा समेत चलिरहेको छ ।
केहि दिनदेखि इन्टरनेटमा चलिरहेको यो खबर बारे हार्दिक र नतासाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
नताशा सर्बियन मोडल र अभिनेत्री हुन् । हार्दिक र नतासाले केहि समयको प्रेमपछि २०२० मा विवाह गरेका थिए । दुवैका एक छोरा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
बेलायतकी प्रिन्सेस केट मिडलटनले दिइन क्यान्सरबारे जानकारी
असार २, २०८१ आइतबार
ब्लकबस्टर फिल्म बोर्डर सिक्वेलको रिलिज मिति सार्वजनिक
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार