‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’विरूद्ध सातै प्रदेशमा आन्दोलन गर्ने आजपाको निर्णय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार १७:४०:४
![](https://nepalbahas.prixacdn.net/media/albums/aajapa_TbRJCWavkH_M6La8xTgqE.jpg)
१२ जेठ, काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी 'आजपा'ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको रूपमा अगाडि बढाउने निर्णय उक्त पार्टीले गरेको छ।
काठमाडौं कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।
‘दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गरौं, आम जनताको शासन ल्याउन जनआन्दोलनको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ वर्तमान लुटकारी सत्ताविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निष्कर्ष बैठकको रहेको पार्टी प्रवक्ता चन्द्रभुषण साहले बताए।
बैठकले विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारबाही गर्नरगराउन सशक्त आन्दोलन गर्ने समेत निर्णय गरेको छ।
विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छरु यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने बैठकले निर्णय गरेको प्रवक्ता साहले जानकारी दिए।
‘भ्रष्टाचार, अनियमितता, कुशासनको विरूद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय गरेको छ,’ साहले भने।
यसैगरी बैंकहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित र सहकारीका ठगहरूविरुद्ध पीडित आमजनताको पक्षमा जारी संघर्षलाई थप शसक्त प्रभावकारी एवम् देशव्यापी बनाउने निर्णय बैठकले गरेको छ।
आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका जिल्लाहरूमा विद्यार्थीको अनुपात एवम् विषयगत शिक्षक दरबन्दी हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको छ। सो आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ।
‘शिक्षा क्षेत्रमा सुधारका लागि प्रत्येक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न जारी शैक्षिक आन्दोलनलाई निर्णायक रूपमा अगाडि बढाउने निर्णय गरिएको छ,’ आजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार
अविरल वर्षाले जनपथ टोल डुबानमा
असार १२, २०८१ बुधबार