झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार ११:२४:२८
१३ जेठ, काठमाडौं । झापामा माछा पालन गर्दै आएका एक व्यक्तिमाथि आक्रमण भएको छ। अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो।
अर्जुनधारा नगरपालिका-१ कै ३५ वर्षीय कृष्ण भनिने सन्तोष एक्तेनले टंकबहादुरमाथि छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।प्रहरीका अनुसार टंकबहादुरको अहिले बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।
टंकबहादुरमाथि अर्जुनधारा-६ मा रहेको माछापोखरी को डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक सन्तोषले आक्रमण गरेका हुन्।
टंकबहादुरको दुबै खुट्टा तथा शरीरका विभिन्न भागमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ। आफन्तका अनुसार निद्रामा रहेका बेला सन्तोषले आएर एकाएक आक्रमण गरेका थिए। सन्तोष टंकबहादुरका भतिजा हुन्। उनी झगडालु स्वभावका व्यक्ति हुन्। उनले टंकबहादुरलाई हेप्ने, तर्साउने, गालीगलौज गर्ने, बिनाकारण निहुँ खोज्ने गर्थे।
राति आक्रमणपछि सन्तोषलाई छिमेकीहरूले समात्न खोजेका थिए। तर, छुरा देखाएर उनी भागेका थिए। पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी छिन्।
‘आमा मिर्गौलाको बिरामी हुनुहुन्छ, नियमित उपचारमा लैजानुपर्छ, बुवालाई यसरी घाइते बनाएपछि परिवारको बिचल्ली भएको छ,’ सलिनाले भनिन्, ‘आक्रमण गर्नेमाथि कडा कारबाही होस्, हामीलाई न्याय दिइयोस्।’
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सन्तोष अहिले फरार छन्। उनीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ। ‘फरार भएका व्यक्तिको खोजी भइरहेको छ,’ विष्टले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार