पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १३:४:५५
१३ जेठ, बागलुङ । जैमिनी नगरपालिका-१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको छ हाँडिकोट टापु । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो ।
यहाँबाट जैमिनीसहित अन्य रमणीय स्थलको दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक आउने गर्छन् । पूर्वाधार निर्माणसँगै हाँडिकोटको प्रचारप्रसार भएपछि पर्यटकीयस्थलको रुपमा विकास भएको छ । यहाँ आउन सडक र पदमार्ग दुबै सुविधा छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यको रुपमा जैमिनी धामपछि हाँडीकोट टापुको पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।
हाँडिकोटका थुप्रै विशेषता छन् । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तले पर्यटकलाई मोहित बनाउँछ । “पहिला बाख्रावस्तु चराउन, बाँको खोज्न टापुमा जान्थ्यौँ, अहिले पर्यटकीयस्थलका रुपमा स्थानीय सरकारले विकास गरेको छ”, स्थानीय लालबहादुर पुनले भने, “रु ५० लाख बढीको पूर्वाधार बनिसक्यो, स्थानीयले समेत ठूलो लगानी गरेका छन् । रु २५ लाख टापुमाथि दृश्यावलोकन स्तम्भ निर्माणमा खर्च भएको छ, टावरले पूर्णता पाएको छैन, यहाँ आउने पर्यटकलाई बस्न सत्तल निर्माण गरेपनि खानेपानी सुविधा छैन ।”
टापुबाट तल हेर्दा बादलले ढाकेका पहाड देखिने भएपछि यहाँ आउने पर्यटकलाई लोभिन थालेका हुन् । पुनका अनुसार व्याडथला र डाँडाखानीबाट पदमार्गमार्फत हाँडीकोटमा अघिल्लो दिन नै पर्यटक आइपुग्ने गर्छन् । बिहानै सूर्योदय हेर्न उनीहरु अघिल्लो दिन नै यहाँ आइपुग्ने गरेका हुन् । यहाँको बाइसे चौबिसे राजाको दरबार भने अहिले भग्नावशेष मात्र बाँकी छ । समथर भू-भाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शिला सूसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट पर्यटक आउने गरेका छन् ।
हाँडिकोटमा विश्रामस्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शीला संरक्षण लगायतका पर्यटकीय पूर्वाधार निर्माण भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । उनले गण्डकी प्रदेश सरकारको सहयोगमा हाँडिकोटको पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताए ।
यस ठाउँको प्रचारप्रसारका लागि हाँडिकोट महोत्सव समेत गरिँदै आएको छ । “हाँडिकोटलाई जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य र जैमिनीधामलाई धार्मिक गन्तव्य बनाउन नगरपालिकाले पूर्वाधारमा लगानी बढाएको छ, यहाँ आउने पदमार्ग र सडकमार्ग राम्रो बनाउने, पर्यटकलाई बस्न मिल्ने सत्तल निर्माण र दृश्यावलोकन स्तम्भमा लगानी गरेका छौँ” उपप्रमुख शर्माले भने, “हाँडिकोटको पूर्वाधार र प्रचारप्रसारका कारण आन्तरिक पर्यटक बढेको छ ।”
यहाँ वि.सं. २०७७ यता पूर्वाधार निर्माण सुरु गरिएको हो । बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरुले राज्य गरेको स्थान समेत हो यो । यहाँ तत्कालीन राजारजौटाले प्रयोग गरेका जाँतो, ओखललगायतका सामग्री अहिले पनि छन् । हाँडिकोट पुग्न सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टा मोटर यात्रा गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
मेलाबाट भएको आम्दानीबाट वनभोजस्थल सहितको उद्यान
असार २, २०८१ आइतबार
पर्यटकीय आकर्षणको केन्द्रबिन्दु अमरसिंह थापाको शालिक
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार