मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १३:३७:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/maurii_aIsH8cyjqC_IVTu04xhhv.jpg)
१३ जेठ, बागलुङ । मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका जैमिनी नगरपालिका–१० व्याडथलाका किसान याम थापा अहिले चिन्तित छन् । २०७४ सालदेखि मौरीपालन गर्दै आएका उनको मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा परेको छ ।
थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात रोगका कारण धमाधम मर्नथालेपछि अहिले घार नै रित्तिन लागेको हो । उनी केही वर्ष यता बङ्गुरपालन छोडेर मौरीपालनमा लागेका थिए । केही महिनायता मात्र ४० घार मौरी मरेपछि व्यवसाय संकटमा परेको उनले बताए । छ वर्षदेखि मौरीपालन गर्दै आएका थापाले मौरीपालनबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गरेको थियो । सेरेना जातको मौरी पाल्दै आएका उनले एक किलो मह रु एक हजार पाँच सयमा घरबाटै बिक्री गर्दै आएका थिए ।
“किसानको मर्का राज्यले बुझ्दैन, पहिला बङ्गुरपालन गरेको खोर त्यसै छन्, बङ्गुरपालन व्यवसाय घाटामा गएपछि मौरीपालनमा लागेको थिएँ, मौरीपालनमा निकै राम्रो आम्दानी भएको थियो तर मौरी मर्नथालेपछि घार रित्तै भयो”, उनले भने, “४२ घार मौरी मासिएर दुई घारमा सीमित छ, अहिले फेरि छ थान मौरीसहितको घार किनेको छु ।” थापाले मौरीपालनसँगै चार वटा मुर्रा जातको भैँसीसमेत पाल्दै आउनुभएको छ । मौरीको बीमा नगर्दा घाटा परेको उनले स्वीर्काए । उनले राज्यले दिने अनुदान र सहुलियत झन्झटिलो भएको गुनासो गरे । मौरी मर्नुको कारण थाहा नभएको उनको भनाइ छ ।
पछिल्लो समय बागलुङमा मौरीपालन व्यावसायिक बन्दै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । कृषि ज्ञान केन्द्र बागलुङका कृषि अधिकृत जमुना भण्डारीले मौरीपालन बढेपछि मौरीको बीमा कार्यक्रम ल्याएको बताए । उनले कतिपय किसानले बीमा नवीकरण नगर्दा समस्या भएको बताए । वातावरणीय प्रभाव, उपयुक्तखानाको अभाव, समयमै वर्षा नहुँदा विषादी रस, कमजोर गोला र पक्षघातका कारण मौरी मर्ने गरेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार