प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १४:४८:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/Prabhas_1.jpg_pjPuUyU04c_5QONEJKyzX.jpg)
१३ जेठ, काठमाडौं । २२ डिसेम्बर २०२३ मा रिलिज भएसँगै प्रभासको एक्शन प्याक सागा 'सालार पार्ट १ -सिजफायर' ले बक्स अफिसमा सफल भएको थियो । प्रशान्त नीलद्वारा निर्देशित र लेखिएको, यो फिल्म सफल भयो र यसले विश्वभर ७५० करोड भारू कमाई गर्यो ।
योसँगै प्रभासको फिल्म ‘सालार २–शौर्याङ पर्वम’ पनि बन्ने पक्का गरिएको थियो । तर, यसैबीच फिल्मको बारेमा एउटा ठूलो जानकारी बाहिर आएको छ, जसले फ्यानलाई चकित पार्ने निश्चित छ ।
सालार र शौर्याङ्ग जनजातिबीचको द्वन्द्वलाई अझ गहिरो पार्ने वाचा गर्ने 'सालार भाग २ - शौर्याङ पर्वम' को सिक्वेलको प्रतीक्षा उच्च थियो । यसअघि पहिलो पार्टमा वरदाको भूमिका निर्वाह गरेका अभिनेता पृथ्वीराज सुकुमारनले सिक्वेलको स्क्रिप्ट अन्तिम चरणमा पुगेको र छायांकन पनि छिट्टै सुरु हुने बताएका थिए । तर अब प्रभास र निर्देशक प्रशान्त नीलबीच फिल्मको कथाको विषयमा मतभेदका कारण बहुप्रतिक्षित सिक्वेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
साथै निर्देशक प्रशान्तले जुनियर एनटीआरसँगको प्रोजेक्टमा आफ्नो ध्यान केन्द्रित गरेपछि सलार-२ अझ अनिश्चित बनेको मिडिया रिपोर्टमा बताइएको छ ।
अभिनेता प्रभासका आगामी दिनमा ‘कल्की २८९८ एडी’, मारुतिसँग ‘राजु भाइ’ र सन्दीप रेड्डी वाङ्गा निर्देशित ‘स्पिरिट’ लगायतका फिल्म आउदै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
बेलायतकी प्रिन्सेस केट मिडलटनले दिइन क्यान्सरबारे जानकारी
असार २, २०८१ आइतबार
ब्लकबस्टर फिल्म बोर्डर सिक्वेलको रिलिज मिति सार्वजनिक
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार