बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा वृद्धि
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १५:३९:१८
१३ जेठ, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको संख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बढेको जानकारी दिए ।
भ्रमणका लागि आउने करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गर्ने गरेका छन् । अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक निकुञ्ज घुम्न आएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजार पर्यटक आएका छन् ।
अघिल्लो आवको पुस मसान्तसम्ममा छ हजार आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा १० हजारले भ्रमण गरेका छन् । गत आवको पुस मसान्तसम्ममा पाँच सय सार्क मुलुकका पर्यटकले भ्रमण गरेकामा अहिले चालु आवको पुस मसान्तसम्ममा आठ सयले भ्रमण गरेका छन् ।
“हामीलाई विश्वास छ यसवर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो”, प्रमुख संरक्षण अधिकृत रामले भने । निकुञ्जका अनुसार अमेरिका, जर्मन, फ्रान्स, न्यूजील्याण्ड, चीन, भारतलगायत मुलुकका विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
असोज ११, २०८१ शुक्रबार
विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
असोज ११, २०८१ शुक्रबार
आज विश्व पर्यटन दिवस मनाइँदै
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार