राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १६:१३:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/rajkot_b2JcOgarAi_JhLTBU2tjX.jpg)
१३ जेठ, नयाँदिल्ली । भारतको गुजरात राज्यको राजधानी राजकोटस्थित बालबालिका खेल्ने (टीआरपी गेम जोन) स्थलमा शनिबार भएको भीषण आगलागीमा परी बालबालिकासहित २७ जनाको मृत्यु भएको घटनाबारे सोधपुछका लागि राजकोटस्थित संस्थाका मालिकसहित व्यपस्थापकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।
अधिकारीहरूका अनुसारशनिबार अपरान्ह् ४ः३० बजेतिर आगलागी भएको थियो । राजकोटका प्रहरी आयुक्त राजु भार्गवले घटनाबारे जानकारी दिँदै भने, “आगलागीबारे प्रहरी अनुसन्धान तथा कारबाही सुरू भएको छ । ‘टीआरपी गेम जोन’का मालिक र व्यवस्थापकलाई सोधपुछका लागि प्रहरी नियन्त्रणमा लिएको छ ।
यसैबीच, गुजरातका प्रहरी महानिर्देशकले राज्यका सबै गेम जोनहरूको निरीक्षण गर्न र आगलागीबाट हुनसक्ने सुरक्षाका लागि अनुमति बिना चलिरहेका गेम जोनहरू बन्द गर्न प्रहरी आयुक्तहरू र जिल्ला प्रहरी उपरीक्षकहरूलाई निर्देशन दिएका छन् ।
प्रहरी महानिरीक्षकले नगरपालिका र नगरपालिकाका दमकल अधिकृत र स्थानीय प्रणालीसँग समन्वय गरी यो प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ । राजकोटको गेम जोनमा भएको आगलागीको घटनापछि यस्तो निर्देशन जारी गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार