फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार १६:१९:३०
१३ जेठ, वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको मेडिकल सुपरीडेन्टेण्ट 'मेसु' परिवर्तन भएका छन् । स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालको मेसुमा डाक्टर एनामुल हकलाई नियुक्त गरेको हो ।मन्त्रालयले यसअघि कार्यरत निमित्त मेसु डाक्टर चितरन्जन साहलाई हटाएर दशौं तहका डाक्टर हकलाई मेसुमा नियुक्त गरेको हो ।
आइतबार मन्त्रालयमा शााखा अधिकृत रामप्रसाद ओलीबाट मेसुको नियुक्ती पत्र बुझेको डाक्टर हकले जानकारी दिए । काठमाडौंबाट आइतबार साँझ सम्म वीरगन्ज आइपुग्ने र सोमबारदेखि अस्पतालमा पुगेर पदभार ग्रहण गर्ने उनले बताए । डाक्टर हक यसअघि २०७५ सालमापनि नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी करिब ११ महिना सम्हालिसकेका छन् ।
आइतबार मेसुको जिम्मेवारीबाट हटाइएका डाक्टर साहले भने २०७९ माघदेखि निमित्त मेसुको जिम्मेवारी पाएका थिए । करिब १५ महिना निमित्त मेसुको जिम्मेवारी सम्हालेका साहलाई पुन वीर अस्पतालमा काज फिर्ता गराएर मन्त्रालयले डाक्टर हकलाई मेसुको जिम्मेवारी दिएको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार