पैँतीस हजार विपन्न नागरिकले पाए निःशुल्क उपचार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १६:३९:२
![](https://nepalbahas.prixacdn.net/media/albums/sibir_0xiwCXxDlz_fRLDIZU1d9.jpg)
१३ जेठ, काठमाडौं । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म ३५ हजार विपन्न नागरिकले सेवा लिएका छन् । फागुनसम्म ३५ हजार एक सय ४३ विपन्न नागरिकले सेवा प्राप्त गरेका हुन् ।
आज सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८०/८१ मा १७ हजार आठ सय ८८ ले क्यान्सर, पाँच हजार दुई सय ९९ ले मुटु, एक सय ९१ ले मिर्गौला प्रत्यारोपणसहित आठ हजार आठ सय ८२ नागरिकले मिर्गौलासम्बन्धी सेवा पाएका छन् । त्यसैगरी हेमोडायलाइसिसको उपचार सात हजार तीन सय आठ, पेरिटोनियल डायलाइसिस तीन सय ६९, मिर्गौलाको औषधि सेवन गरिरहेका छ सय छ, सेरो पोजेटिभ हेमोडायलाइसिस एक सय ६६ जना र क्रस म्याचका दुई सय ४२ जना बिरामीले सेवा लिएका छन् ।
त्यस्तै, पार्किन्सन्सका ७८, अल्जाइमर ३४, हेड इन्जुरी पाँच सय ६४, स्पाइनल इन्जुरी आठ सय ७७ र सिकलसेल एनिमियाका एक हजार पाँच सय २१ जनाले सहुलियत लिएका छन् । गत आर्थिक वर्षमा ३५ हजार दुई सय ८४ विपन्न नागरिकले यी सेवा प्राप्त गरेका थिए ।
सरकारले उक्त कार्यक्रमअन्तर्गत मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियालगायत कडा रोगमा सहायता उपलब्ध गराउँदै आएको छ । सरकारले रु एक लाखसम्मको सहुलियत रकम प्रदान गर्दै आएको छ भने मिर्गौला प्रत्यारोपणक लागि रु चार लाखसम्म सहुलियत रकम बिरामीले पाइरहेका छन् ।
आर्थिक वर्ष २०७८/७९ देखि विपन्न नागरिकको औषधि उपचारबापत मासिकरूपमा रु पाँच हजार आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था सरकारले गरेको थियो । चालु आवको पुससम्म २४ हजार दुई सय २४ विपन्न नागरिकलाई रु ८५ करोड ३७ लाख ३१ हजार उपलब्ध गराइएको छ । गत आर्थिक वर्षमा ४० हजार ५६ विपन्न नागरिकलाई रु एक अर्ब १३ करोड ९२ लाख ५६ हजार उपलब्ध गराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘तातो हावाको लहर 'लू' प्रतिकार्यमा जुटौँ’
जेठ ३१, २०८१ बिहिबार
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
जेठ २८, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार