निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार २२:३:५६
१३ जेठ, काठमाडौं । सरकार लैङ्गिक समानतासम्बन्धी लक्ष्य नजिक पुगेको छ । अर्थमन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ मा लक्ष्य–५ अन्तर्गतको लैङ्गिक समानता हासिल गर्ने र सबै महिला तथा किशोरीलाई सशक्त बनाउने लक्ष्य प्राप्ति नजिक भएको उल्लेख छ ।
कानुन तथा नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढ्दै गएको सर्वेक्षणले देखाएको छ । सङ्घीय संसद्मा महिला प्रतिनिधित्व ३३ दशमलव पाँच प्रतिशत, प्रदेशमा ३६ दशमलव ३६ प्रतिशत र स्थानीय तहमा महिला प्रतिनिधित्व ४१ प्रतिशत रहेको तथ्याङ्क छ ।
सन् २०३० सम्म सङ्घ र प्रदेशमा महिला प्रतिनिधित्व ४० प्रतिशत पुर्याउने रहेको छ भने स्थानीयमा ४२ प्रतिशत पुर्याउने लक्ष्य छ । निजामती सेवाको नीतिगत तहमा महिलाको प्रतिनिधित्व १३ दशमलव छ प्रतिशत छ । सन् २०२२ मा २१ दशमलव तीन प्रतिशत पुर्याउने लक्ष्य यो आर्थिक वर्षमा पूरा हुन सकेको छैन ।
त्यस्तै, निजी क्षेत्रको निर्णायक तहमा पनि महिलाको प्रतिनिधित्वमा सुधार भएको देखिन्छ । महिला उद्यमीको सङ्ख्या बढ्दै गएको छ । एक तिहाइ महिलाले सम्पत्तिमाथिको स्वामित्व प्राप्त गरेका छन् । पुरुषको तुलनामा महिलाको श्रम सहभागिता दर न्यून छ । महिला र बालबालिकाविरुद्ध हुने हिंसा कम गर्ने सम्बन्धमा थप प्रयासको खाँचो छ भन्ने निष्कर्ष सर्वेक्षणले ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार