पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार ७:३७:४२
१४ जेठ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्वको खड्ग भवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए ।
“बेनीमा आउने पर्यटकको बसाई लम्ब्याउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं” उनले भने, “पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ । पूर्वाधारले उनीहरुलाई सहज बनाएको छ ।”
प्रदेश सरकारको रु १० लाखको लागतमा खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ । अठतीस मिटर लामो र दुई मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्कभवानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।
पर्खाल बनाएर फराकिलो बनाइएको कोत घर परिसरमा भक्तजन र पर्यटक बस्न १० बेञ्च राखिएका छन् । यसअघि प्रदेश सरकारको रु १५ लाखको लागतमा भकुुण्डेदेखि खड्गभवानी कोतघर परिसरमा पुग्ने तीन सय आठ मिटर पक्की पदमार्ग निर्माण गरिएको पूर्ववडाध्यक्ष हीरा बहादुर थापाले बताए ।
प्रदेश सरकारकै रु १० लाखबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण गरिएको छ । कोतघर परिसरमा रु पाँच लाखमा गणेशको मन्दिर बनाइएको छ । कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएका छन् ।
पन्धौँ शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत_ परिसरलाई पर्यटकीय गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएका हुन् । यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन् । बयालिस रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला÷इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै यथावत् छन् । समुद्री सतहदेखि एक हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत हिमशृङखला, सदरमुकाम बेनी बजार, पञ्चकोट तथा विभिन्न ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
मेलाबाट भएको आम्दानीबाट वनभोजस्थल सहितको उद्यान
असार २, २०८१ आइतबार
पर्यटकीय आकर्षणको केन्द्रबिन्दु अमरसिंह थापाको शालिक
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार