रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार ११:३०:५७
♦ सञ्जय मिश्रा
१४ जेठ, रौतहट । रौतहटमा मापदण्ड पूरा नगरी खोलिएका दर्जनौं निजी अवैध अस्पतालहरूमा झोले डाक्टरहरूले उपचार गरी सयौं नेपालीको ज्यानसँग खेलवाड गरिरहेका छन्। उनीहरूले उपचारको नाममा त्यस्ता अस्पतालमा बिरामीसँग लाखौं रुपैयाँ लुटिरहेका छन्।
तर, नियमनकारी निकाय मौन बसेको गुनासो बढ्दै गएको छ। नियमनकारी कुनै पनि निकायबाट त्यस्ता अवैध अस्पतालहरूको अनुगमनरनिरीक्षण भएको देखिएको छैन।
त्यसको ज्वलन्त उदाहरणको रुपमा रहेको छ शिवनगरस्थित आनन्द हस्पिटल। जिल्लाको मध्यभाग गरुडा नगरपालिका शिवनगरमा रहेको उक्त अस्पताल वर्षौंदेखि अवैध रूपमा मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको छ।
उक्त अस्पतालमा प्यारालाइसिस पक्षाघात (लकवा) रोगको ग्यारेन्टी उपचारको नाममा झोले डाक्टर उमेशप्रसाद जैसवालले प्रत्येक बिरामीसँग एकदेखि डेढ लाख रुपैयाँसम्म लुट्दै आएका छन्।
तर नियमनकारी कुनै पनि निकायले हालसम्म नियमनरअनुगमन गरेको छैन। स्थानीय प्रशासन, स्थानीय निकाय अथवा औषधी व्यवस्था विभाग वीरगन्ज मुकदर्शक बनेको छ।
आनन्द पोलिक्लिनिक एक्युपञ्चर शिवनगरले २०७३ साउन १९ गते जिल्ला स्वास्थ्य कार्यालय गौरबाट स्वीकृति लिएर २०७६ फागुन १३ गते गरुडा नगरपालिकामा नवीकरण गरेको तथ्यांक रहेको छ। तथ्यांकमा आनन्द पोलिक्लिनिक एक्युपञ्चर रहेको छ तर यथार्थमा आनन्द हस्पिटल प्रालि नाम राखेर वर्षौंदेखि सञ्चालन गर्दै झोले डाक्टर जैसवालले बिरामीहरूसँग लाखौं रकम लुट्दै आएका छन्।
अस्पतालमा बेड राख्ने प्रक्रिया पूरा नै नगरी दर्जनौं बेड राखेर नक्कली डाक्टर उमेशप्रसाद जैसवालले बिरामीहरूको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलवाड गरिरहेका छन्।
स्थानीय स्रोतका अनुसार जैसवालले नियमनकारी निकायलाई पैसाको प्रभाव र राजनीतिक दबाबमा पारेर अहिलेसम्म बिरामीलाई उपचार गर्ने निहुँमा लुट्दै आएका छन्।
गाउँ(गाउँमा दलाल राखेर पक्षाघात (लकवा) भएका बिरामीहरूलाई आफ्नो हस्पिटलमा ल्याएर उपचारको नाममा उनले आर्थिक लुट मच्चाउँदै आएका छन्। झण्डै एक दशकदेखि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड विपरीत गैरकानुनी रुपमा हस्पिटल सञ्चालन गर्दै आएको स्थानीयहरूले बताएका छन्।
निजीस्तरको हस्पिटल सञ्चालन गर्न नेपाल सरकारको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागद्वारा निर्धारण गरिएको परिपत्र अनुसार २८ वटा बुँदामा लेखिएका पूर्वाधार पूरा गर्नु पर्दछ।
तर, बिनापूर्वाधार आनन्द हस्पिटल प्रालि गैरकानुनी रुपमा सञ्चालन रहँदा कुनै पनि निकायबाट कारबाही नगरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्। आनन्द हस्पिटल एउटा उदाहरण मात्र हो, रौतहट जिल्लाको प्रायः सबै पालिकामा मापदण्ड विपरीत दर्जनौं निजी अस्पताल सञ्चालनमा रहेका छन्।
अबैध रुपमा सञ्चालित त्यस्ता अस्पतालहरूमा एकातर्फ बिरामीको स्वास्थ्यसँग खेलवाड भइरहेको छ भने अर्कोतर्फ उपचारको नाममा बिरामीसँग लाखौं लाख असुल भइरहेको छ।
यस्तै, गुनासो आएपछि केही महिनाअघि जिल्ला प्रशासन र जिल्ला प्रहरीको संयुक्त टोलीले सुकदेव चौकस्थित एक निजी अस्पतालमा छापा मारी तीन जना भारतीय नक्कली डाक्टरलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको थियो।
पालिकाभित्र कसैले पनि बिना मापदण्ड पूरा गरी अस्पताल, क्लिनिक, मेडिकल सञ्चालन गरेर नागरिकको स्वास्थ्यसँग खेलवाड गर्छ भने त्यस्तालाई कारबाहीको दायरामा ल्याउने अधिकार स्थानीय निकायसँग रहेको छ।
तर विभिन्न राजनीतिक प्रभावको कारण जिल्लाको १८ स्थानीय तहमध्ये प्रायः कुनै पनि पालिकाले अहिलेसम्म अनुगमनको पहल गरेको देखिएको छैन। रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैरकानुनी रुपमा जिल्लामा सञ्चालनमा रहेका निजी अस्पतालहरूमा अनुगमन गर्ने पहिलो अधिकार स्थानीय निकायको रहेको बताएका छन्।
तर, स्थानीय तहसँगै अन्य निकायले ध्यान नदिँदा जिल्ला प्रशासनबाट चाँडै अनुगमन सुरू गर्ने तयारी भइरहेको रेग्मीले जानकारी दिएका छन्। शिक्षा र स्वास्थ्यजस्ता नागरिकसँग प्रत्यक्ष सरोकारको विषयमा स्थानीय प्रशासनसँगै स्थानीय निकायका प्रमुखहरूको पनि ध्यान जान जरुरी रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
असार २, २०८१ आइतबार
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार