राष्ट्रिय राजमार्ग जोड्ने सडक १३ वर्षपछि स्तरोन्नति हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १३:३:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/sadak-kalopatra_7VmyEmSnNS_JjUP21NqHS_CGjCk4Dvhb_6N8KKfAbll.jpg)
१४ जेठ बागलुङ । दक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरदेखि जैमिनी नगरपालिकाको बिनामारे, रिठेडाँडा, व्यार्थलालगायत जर्दनौँ गाउँसम्म जोड्ने गरी १३ वर्ष अगाडि निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ । नगरपालिकाले गत वर्षदेखि नै यो सडक स्तरोन्नति गर्न थालेको हो । गाउँको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।
हिउँदमा हिलो र बर्खामा धुलोका कारण यातायातका साधन नियमित गुड्न सक्दैन्थे । नगरपालिकाले स्तरोन्नति गर्न थालेपछि नियमित गाडी सञ्चालन हुनेमा स्थानीय विश्वस्त बनेका छन् । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले विनियोजन गरेको रु १० लाखबाट करिडोरसँग जोडिएको खण्ड स्तरोन्नति गरिएको र यस वर्ष त्यसभन्दा माथिल्लो क्षेत्रमा काम गरिरहेको वडा नं ५ का अध्यक्ष ठगबहादुर थापाले जानकारी दिए ।
यस वर्ष नगरपालिकाले रु १० लाख विनियोजन गरेको हुँदा उक्त रकमबाट सडक फराकिलो बनाउने, नाली निर्माण र अप्ठ्यारो स्थानमा ढलान गर्न थालिएको उनको भनाइ छ । करिडोरदेखि पर्यटकीय क्षेत्र हाँडीकोटसम्म जोडिएको सो सडक करिब १६ किमी रहेको हुँदा बर्सेनि नगरपालिकाले बजेट व्यवस्थापन गरी काम गर्दै आएको अध्यक्ष थापा बताउँछन् ।
करिडोर खण्ड निरिङ्गे, बिनामारे, रिठेडाँडा, व्यार्थला हुँदै हाँडीकोटको जोडिएको यस सडक बजेट अभावमा एकैपटक काम गर्न नसकिएको उहाँको भनाइ छ । केन्द्र र प्रदेश सरकारले बजेट व्यवस्थापन गरे एक÷दुई वर्षमै काम गर्न सकिने थापाले बताए ।
उनले भने, “यो सडकको ट्र्याक खुलेको धेरै वर्षपछि अहिले बल्ल स्तरोन्नतिको काममा लागिरहेका छौँ, यो सडकले धेरै ग्रामीण क्षेत्र जोडिएको हुँदा यात्रा र सामान ढुवानीमा समस्या छ, स्तरोन्नतिपछि सहज बन्नेछ, गाउँमा उत्पादन हुने वस्तुलाई बजारीकरण गर्न पनि यो सडकले महत्वपूर्ण टेवा पु¥याउनेछ, करिडोरदेखि हाँडीकोटसम्मको सडक समयमै स्तरोन्नति गर्नसके, पर्यटक भित्र्याउन र सहज रुप हाँडीकोट पु¥याउन सकिने थियो ।”
जैमिनी–५ का स्थानीय फमबहादुर थापाले ट्रयाक खुलेको दशक वर्ष बढी हुँदा पनि सबै सडक स्तरोन्नति हुन नसक्दा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए । सडक स्तरोन्नतिका लागि करोडौँ रकम लाग्ने भए पनि नगरपालिकाले सीमित बजेट विनियोजन गरेर काम गर्दै आएको उनको भनाइ छ । यो सडकलाई स्तरोन्नति गर्नका लागि प्रदेश र केन्द्र सरकारबाटै बजेट आउनुपर्ने थापा बताउँछन् । सडक अप्ठ्यारो हुँदा कृषिउपज वस्तु बजार पुर्याउँदा बढी भाडा तिर्नु परेको उनले सुनाए । केही ठाउँमा स्तरोन्नति हुँदा थोरै भए पनि यात्रमा सहज भएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार
जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
असार १२, २०८१ बुधबार
झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार
पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार