द्रुतमार्गको ठेक्कामा नेपाली सेनाको मनपरी, परामर्शदाता नै परिवर्तन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १७:१:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/sena_da9cQs1dki_lR2Lxobl1c.png)
१४ जेठ, काठमाडौं । तराईदेखि काठमाडौंलाई जोड्ने सडक सञ्जालको काम द्रुतगतिमा भइरहेको भन्दै नेपाली सेनाले धेरै पटक भन्दै आएको छ । अहिले सुरुङ मार्ग पनि 'ब्रेक थु्' भएका समाचार पनि प्रकाशित भैरहेका छन् । सँगसँगै महालेखा परीक्षकको प्रतिवेदन बाहिर आउँदा द्रुतमार्ग आयोजनाको परामर्श सेवामा नेपाली सेनाले आफू खुशी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको आफ्नो ६१ औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा सेनाले द्रुतमार्गको परामर्श सेवामा सेनाले मनपरी निर्णयहरू गरेर नियमविपरीत कार्य गरेको उल्लेख छ ।
नेपाली सेनाले द्रुतमार्गको परामर्श सेवामा नियमविपरीत मुख्य व्यक्ति परिवर्तन गर्नेदेखि पर्यटक भिसामा आएका विदेशीलाई मासिक पारिश्रमिक उपलब्ध गराउने गरेको सो प्रतिवेदनमा उल्लेख छ । यसरी पारिश्रमिक उपलब्ध गराउँदा र परामर्शदाता परिवर्तन गर्दा नियमसंगत नदेखिएको पनि सो प्रतिवेदनमा उल्लेख गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा २९ मा सम्बन्धित सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट कुनै काम हुन नसक्ने भएमा परामर्श सेवा खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
द्रुतमार्ग आयोजना निर्माण कार्यको डिजाइन तथा सुपरभिजन गर्न ०७७ जेठ २ गते एक परामर्शदातासँग ५४ महिना निर्माण र १२ महिना त्रुटि सच्याउने अवधिसम्मको समयबद्ध सेवा लिने गरी एक करोड २९ लाख ९२ हजार अमेरिकी डलर र एक अर्ब २४ करोड २६ हजार नेपाली रुपैयाँको सम्झौता नेपाली सेनाले गरेको थियो ।
यो वर्षसम्म ६५ लाख १८ हजार अमेरिकी डलर र ५९ करोड ९२ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । परामर्शदाताको कार्य क्षेत्रगत सर्त तयार गर्दा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६९ (१) मा सम्झौतापछि काम गर्न नसक्ने गरी बिरामी भएको, दुर्घटनामा परेको वा मृत्यु भएको वा अन्य मनासिव कारणले त्यस्तो कार्य गर्न नसक्ने भएकोमा बाहेक अन्य अवस्थामा मुख्य जनशक्तिको रूपमा प्रस्तावित व्यक्तिलाई परिवर्तन गर्न नसक्ने व्यवस्था छ । द्रुतमार्ग आयोजना र कार्यालयबीच भएको सम्झौताको सामान्य सर्तको बुँदा नम्बर ३१ मा समेत प्रमुख विज्ञहरू परिवर्तन गर्न नहुने उल्लेख छ ।
‘सम्झौतापछि दुईपटक टीम लिडरसमेत गुणस्तर नियन्त्रण इन्जिनियर, पुल डिजाइन इन्जिनियर, सुरुङ डिजाइन इन्जिनियर तथा स्लोप स्टेबलाइजेसन लगायतका वैदेशिक विज्ञ एवं नेपाली विज्ञसमेत परिवर्तन गरेको देखियो । यसरी योजनामा पटकपटक विज्ञ फेरबदल गर्ने कार्यले गुणस्तरमा पर्ने असरबारे ध्यान दिनुपर्दछ,’ महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।
अध्यागमन नियमावली, २०५१ को नियम २० (१) मा पर्यटक भिसा पाउने विदेशी नागरिकले नेपालभित्र रहँदा पारिश्रमिक लिई काम गर्न नपाउने उल्लेख छ । वैदेशिक परामर्शदाताको जुलाई २०२२ को पारिश्रमिक भुक्तानीको विवरण परीक्षण गर्दा टीम लिडर, सिनियर जिओलोजिस्ट, स्लोप स्टेपलाइजेसन स्पेसलिस्ट लगायतका विज्ञ दक्षिण कोरियाबाट पर्यटक भिसामा नेपालमा रहेको अवस्थामा मासिक पारिश्रमिक क्रमशः २९ हजार ६६३ अमेरिकी डलर, २३ हजार ६१५ अमेरिकी डलर र २२ हजार ८३६ अमेरिकी डलर भुक्तानी गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘अन्य महिनामा पनि विज्ञहरूको यसै गरी पर्यटक भिसामा रहेको अवस्थामा भुक्तानी भएको छ । अध्यागमनसम्बन्धी कानुनी व्यवस्थाको पालना गरी विदेशी परामर्शदाताको सेवा लिनुपर्ने देखिन्छ,’ सो प्रतिवेदनमा उल्लेख छ ।
आयोजनाको डिजाइन तथा सुपरिवेक्षण गर्न नियुक्त परामर्शदाताको अवधि २०८१ कार्तिक मसान्तसम्म रहेकोमा सोमध्ये डिजाइन तयारी अवधि सम्झौता मितिले ६ महिना निर्धारण गरिएकोमा सो अवधि पूरा भइसकेको छ । आयोजनाको १३ प्याकेजमध्ये ८ क, ९ क र ९ ख बोलपत्रको प्रक्रियामा रहेको, ८ ख र १० को डीपीआर स्वीकृतिका लागि पेस भएको र बोलपत्रसम्बन्धी कागजपत्र तयारी कार्य भइरहेको जानकारी प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ । प्याकेज नम्बर ११ अन्तर्गत ललितपुर खोकनामा ६.४ किलोमिटर सडकको रेखाङ्कन र जग्गा अधिग्रहण सम्बन्धी विवादका कारण उक्त क्षेत्रको डिजाइन तयार गरिएको छैन ।
‘यसरी आयोजनाको प्याकेजहरूको काम समयमा सुरु नहुँदा डिजाइन र सुपरभिजन कार्यका लागि थप लागत र समय अवधि वृद्धि हुने अवस्था छ । लक्षित अवधिभित्र आयोजना पूरा गर्ने गरी विवादको निरुपण र डिजाइनसम्बन्धी कार्य पूरा गर्नुपर्दछ,’ महालेखाले प्रतिवेदनमा उल्लेख गरी सेनालाई सचेत गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाका नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
असार १०, २०८१ सोमबार
सिद्ध पोखरीमा ‘अभ्यास मनसुन–४’ सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
नेपाली सेनाद्वारा प्राकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम
जेठ २१, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार
अविरल वर्षाले जनपथ टोल डुबानमा
असार १२, २०८१ बुधबार
तरकारी बिक्री गरेर घर फर्किँदै महिला
असार १२, २०८१ बुधबार
‘निःशुल्क स्क्रिनिङ शिविर’ राखेर स्थानीय महिलाको पाठेघर र स्तन परीक्षण
असार १२, २०८१ बुधबार