एसिड आक्रमणबाट घाइते सांसदको बिलौना : मैले त कतैबाट न्याय पाइन भने अरूको के हालत होला ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार १९:४८:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/bindabasini-kansakar_djJk14tuPJ_w1jcVw8EBy.jpg)
१४ जेठ, काठमाडौं । एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालयलगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्ति बापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गरेकी छन् ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसद स्वयंले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भए बापत प्राप्त गर्नु भत्तासमेत रोकिएको भनी रोदन प्रकट गरिन् ।
उनी वि.सं २०७० वैशाखमा तेजाब आक्रमणमा परेकी थिइन् । तेजाब आक्रमणपछिको जलनजस्तै उपचारका क्रममा भोग्नु परेको पीडा उस्तै रहेको पनि उनले बैठकमा सुनाइन् । उनले उपचारका क्रममा पिताका नाममा रहेको घर धितोमा राखेर ऋण लिन परेको र त्यो ऋण तिर्न नसक्दा कालोसूचीमा राखेकाले आफूले संसदबाट प्राप्त गर्नुपर्ने सुविधा समेत रोकिएको कथा/ व्यवस्था जानकारी गराइन् ।
तेजाब वा अरू जलनबाट हुने उपचार पद्धति निकै कमजोर रहेको जनाउँदै सांसद कंसाकारले छ वर्षको उपचार बापतको खर्च रु एक करोड १४ लाख र पीडित राहत कोषबाट प्राप्त गर्ने प्रावधान अनुरुप अदालतबाट पाँच वर्षअघि फैसला भए पनि रकम अझैसम्म नपाएको गुनासो गरिन् ।
अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने मामिलामा समेत प्रहरी/प्रशासनबाट आवश्यक तदारुकता नभएका कारण लामो समयसम्म मानसिक रुपमा थप तनाव झेल्न परेको घटना उनले समितिलाई जानकारी गराइन् । ‘माननीय’लाई समेत न्याय पाउन यति कठिन छ भने अरूको के हालत होला भनी प्रश्न गर्दै समिति सदस्य कंसाकारले मैले न्याय पाइन भने राज्यले अरूलाई न्याय दिलाउँछ भनी विश्वास नै गर्न नसकिने बताइन् ।
बैठकमा अरु समिति सदस्यले अदालतको फैसला कार्यान्वयन नहुने र पीडितले न्याय नपाउने हो भने कानुन बनाउनुको के औचित्य रहन्छ भनी प्रतिक्रिया दिइन् । उनीहरुले सरकारी प्रक्रिया झन्झटीले रहेको तथा राज्यबाट भएका निर्णय कार्यान्वयन हुन्छ भन्ने सुनिश्चित नहुँदा ठूलो सङ्ख्यामा युवा/विद्यार्थी मुलुकबाट पलायन हुनु परेको विचार राखे ।
समिति सदस्य ईश्वर रिजालले सांसद कंसाकारले विदेशबाट औषधि किनेर खानुपर्ने अवस्था रहेकाले उनले संसद् सचिवालयबाट प्राप्त गर्ने सेवा सुविधाबाट समेत वञ्चित रहनु भनेको तेजाबको जलनभन्दा पीडादायी अवस्था रहेको बताए ।
बैठकमा पीडित सांसद कंसाकारले तीन तहकै सरकारबाट पीडितलाई आर्थिक सहयोग गर्न सक्ने व्यवस्था भए पनि आफूले कसैबाट सहयोग नपाएको जानकारी गराइन् । सर्वोच्च अदालतका रजिस्ट्रार एवं पीडित राहत कोषका अध्यक्ष विमल पौडेलले अपराधको कसुरका आधारमा क्षतिपूर्ति प्राप्त गर्ने कानुनी व्यवस्था रहेको बताइन् । उनले भनिन्, “कानुनमा कसुरदारबाट क्षतिपूर्ति भराउनुपर्छ भन्ने छ । अदालतबाट छ वर्षको अवधिमा औषधि उपचारका लागि खर्च भएको रकम भराउने निर्णय भएको छ । फैसला परेको केही शब्दको प्रयोगबारे स्पष्ट हुने क्रममा केही समय लागेको हो, अब छिट्टै यो विषय अघि बढ्छ ।”
पीडकबाट क्षतिपूर्तिबापत भराइएको रकमको ५० प्रतिशत पीडित राहत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको र यो वर्षमा मात्रै पनि क्षतिपूर्तिबापतको रकम ७५ जनाले प्राप्त गरिसकेको बताइन् ।
बैठकमा कंसाकारका कानुन व्यवसायी अधिवक्ता यज्ञमणि न्यौपानेले एसिड प्रहार गर्ने कार्यमा संलग्न पीडकलाई घटना र क्षतिका आधारमा तीन वर्षदेखि आठ वर्षसम्म कैद र रु ५० हजारदेखि रु पाँच लाखसम्म क्षतिपूर्ति भराउने कानुनी व्यवस्था रहेको जानकारी गराइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
भिजिट भिसामा कडाइ, झुक्याएर जान खोज्नेलाई विमानस्थलबाट फर्काइँदै
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार