पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको शहर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार १९:९:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/Pokharasss_QcwoJB85kC_WwDFhAQhNh.jpg)
१६ जेठ, गण्डकी । “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ, यसलाई स्वस्थ, सुरक्षित र धुलोरहित शहरका रुपमा विकास गर्नु आवश्यक छ ।” पोखरा महानगरपालिका सहरी योजना आयोगद्वारा आयोजित पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना निर्माणसम्बन्धी परामर्श बैठकमा रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारीले भने । ‘युएसएआइडी’को प्राविधिक सहयोगमा महानगरपालिकाले तयार गरिरहेको रणनीतिक कार्ययोजनाका सम्बन्धमा आयोजित परामर्श कार्यक्रममा सरोकारभएका क्षेत्रका प्रतिनिधिले अधिकारीजस्तै पोखरालाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउन आआफ्ना तर्फबाट विभिन्न सुझाव दिएका थिए । तालैतालको सहरको उपमा पाएको पोखराका तालबाट रु ३० करोड बराबरको स्वस्थ्यवर्द्धक माछा उत्पादन गर्न सकिने अधिकारीले बताए । पर्यापर्यटनका लागि पोखरा उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनले ठूलो सङ्ख्याका विदेशी चराहरू रुपातालमा आउने विषयलाई पर्यटनसँग जोड्न सकिने धारणा राखे । पर्यटन राजधानी पोखराको रणनीतिक कार्ययोजनामा प्राविधिकको रुपमा काम गरिरहेका डा प्रनिल नेपाल उपाध्यायको प्रस्तुति पश्चात् छलफलमा अधिकांश सहभागीले पोखराको प्राकृतिक सुन्दरता नबिगार्ने गरी पर्यटनका दीर्घकालीन योजना तयार गर्न सुझाएका थिए ।
कार्यक्रमका सहभागीले पोखरा आसपासका भरतपोखरीको मल्लकालीन कोट भैरव मन्दिर, फोक्सिङकोट, ठूलाकोट, बेगनास कोट, कास्कीकोट लगायतका स्थानको प्रवर्द्धन र पर्यटकीय उपयोग हुनुपर्नेमा जोड दिएका थिए । उक्त अवसरमा पछिल्लो समयमा आएका पोखरा प्रवेशद्वार तल्लो गगनगौडास्थित हेल्मेट डाँडा, कालिका मन्दिरलगायतको पर्यटकीय उपयोगमा जोड दिइएको थियो । पोखरा पर्यटन परिषदका सदस्य जीवनराज सापकोटाले पोखरा प्राकृतिक सहर भएका कारण आसपासका टाकुरामा टावरजस्ता संरचना निर्माण गर्न नहुने बताए । निर्माणाधीन तालबाराही मन्दिरलाई चाँडो सम्पन्न गर्नुपर्ने र पोखरा क्षेत्रका पुराना चौतारा तथा कुवाको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । फेवातालको किनारामा रहेको माछापुच्छ्रे विम्ब पार्कलाई राम्रो र व्यवस्थित बनाउनुपर्ने सुझाव दिँदै सापकोटाले केआइसिंह पुल आसपासका क्षेत्रमा सेती नदीमा ठाउँ ठाउँमा ढल मिसाएकोप्रति ध्यानाकर्षण गराए ।
मैदी ताल मत्स्य तथा कृषि पर्यटन सहकारी संस्थाका अध्यक्ष भरतप्रसाद तिवारीले पोखरामा रहेका तालको आआफ्नै महत्व रहेकाले यी तालको संरक्षणका लागि बहुवर्षीय योजना ल्याउनु आवश्यक रहेको बताए । “संसारभरका चराहरू आएर बस्ने ठाउँ मैदी ताल हो, पोखरा उपत्यकाभरिका कुइरे बकुल्ला बस्ने ठाउँ पनि यही हो”, उनले भने, “यहाँका विविधता र महत्वलाई हामीले पर्यटनसँग जोड्नु आवश्यक छ ।” सिमसार क्षेत्र र चराको बासस्थान नबिगार्ने गरी यहाँको समग्र पर्यटकीय विकास गर्नु अपरिहार्य भएको उनले बताए ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)का पूर्वअध्यक्ष एवं पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समितिका संयोजक उदय सुवेदीले ग्रामीण घरवास (होमस्टे) गण्डकीबाट सुरु भएको बताउँदै गाउँ पर्यटनलाई समेटेर पर्यटकीय विकास गर्नुपर्ने बताए । पछिल्ला समयमा पदयात्रा मार्ग मासिँदै गाएकोप्रति गम्भीर बन्नुपर्ने उनको सुझाव थियो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन कुमार प्रजापतिले सरकारले १६ लाख विदेशी पर्यटक नेपाल भित्रिने कुरा गरिरहेका अवस्थामा पोखरामा सतप्रतिशत आउने वातावरण तयार गर्न आवश्यक रहेको बताए । पर्यटकलाई लक्षित गरी पोखरामा पर्यटन गतिविधि विस्तारसँगै वातावरणीय स्वच्छता कायम गर्ने किसिमका गतिविधि बढाउन उनले जोड दिए । पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडेरियाले स्थानीय उत्पादनमा जोड दिँदै गाउँ र शहरको साझेदारी हुने तवरले दिगो पर्यटनमा जोड दिनुपर्ने धारणा राखे । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले पोखरा महानगरभित्रका २४ वटा भन्दा बढी वडाहरू डाँडैडाँडा भएको बताउँदै प्रत्येक वडाको विशिष्टता समेटेर प्रोफाइल तयार गरी पर्यटन विकासको योजना बनाउनु जरुरी रहेको धारणा राखे ।
पर्यटन विज्ञ प्रा डा इन्द्रप्रसाद तिवारीले प्रशासनिक ढिलासुस्ती समस्याका रुपमा रहेको बताउँदै लक्षित योजनाको कार्यान्वयन पक्ष सबल बनाउनुपर्ने सुझाव दिए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हिप्पी पर्यटनको आगमनसँगै अघि बढेको पोखराको पर्यटन विगतमा स्वतस्फूर्तरुपमा बढेको भए पनि आगामी दिनमा त्यसलाई व्यवस्थित गरेर लैजानु जरुरी रहेको बताए । वर्षौदेखि चर्चामा रहे पनि घोषणा हुन नसेको पर्यटनको राजधानी घोषणा गर्न सफल भइएको बताउँदै उनले घोषणासँगै विभिन्न सम्भावना बढेर गएको जानकारी गराए ।
पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष प्रेम लाल लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, पोखरा पर्यटन परिषदका महासचिव सञ्जय कान्त सिग्देल, महानगरपालिकाका पर्यटन महाशाखा प्रमुख भरतराज पौडेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिघकारी, पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, रामजी शमालगायतले पर्यटन राजधानी घोषणासँगै गर्नुपर्ने कामका बारेमा सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार
मार्ग खुलेको ढेड दशकपछि सडक कालोपत्र, स्थानीय हर्षित
असार १२, २०८१ बुधबार
अविरल वर्षाले जनपथ टोल डुबानमा
असार १२, २०८१ बुधबार
तरकारी बिक्री गरेर घर फर्किँदै महिला
असार १२, २०८१ बुधबार