माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
नेपालबहस संवाददाता
जेठ १७, २०८१ बिहिबार १२:१२:५९
१७ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राष्ट्रिय राजनीतिमा भइरहेको ओहोर-दोहोरले सत्ता समीकरणमा फेर तरंग उत्पन्न गराएको छ । नेपालको सत्तापक्ष र विपक्षी दलसँगको असमान सामिप्यताले केन्द्रदेखि प्रदेशसम्मका सरकारमा हलचल ल्याउने संकेत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदा पार्टीमा ह्वीप लगाएका नेपालको झुकाव भने विपक्षीतिरै देखिएको छ ।
सत्ता समीकरणमा रहेर पनि उनले समय समयमा तरंग ल्याउन काम गरिरहेका छन् । अध्यक्ष नेपालको दोहोरो भूमिकाका कारण सुदुरपश्चिममा एमाले सरकारमा सहभागी हुन सकिरहेको छैन भने मधेशमा सत्तापक्ष सरकार बनाउने कुरामा कमजोर हुने देखिएको छ । मधेशमा सरकार बनाउने विषयमा उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । यो भेटलाई काउण्टर दिन बिहीवार बिहान नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । दुबै भेट सत्ता समीकरणको राजनीतिसँग जोडिएको छ ।
नेपालको राजनीतिक चलखेलबाट अतालिएका प्रधानमन्त्री प्रचण्डले पनि नेता खनालसँग उनका विषयमा कुरा राखेका थिए । एकीकृत समाजवादी यही समीकरणमा रहन्छ भनेर विश्वास दिलाउन खनाल बालुवाटारमा गएका थिए । बिहान ९ बजेदेखि करिब ४५ मिनेट भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल गरिएको खनालको सचिवालयले जनाएको छ । संघीय र प्रदेश सरकारलाई सुदृढ बनाउँदै लैजाने विषयमा नेपालले बखेडा झिकिरहेको विषयमा छलफल भएको बताइएको छ ।
नेपाल बुधबार देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएका थिए । मधेस सरकारको विश्वासको मतका विषयमा नेपालसहित विपक्षी दलका नेताहरूबीच छलफल गरिएको नेताहरूको भनाइ छ । नेता नेपाल हिजो बूढानीलकण्ठ पुगेपछि प्रधानमन्त्रीले खनाल बालुवाटार पुगेर छलफल गरेका हुन् ।
यता, आजै विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने बताएका छन् । बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो । माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिने जस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरि माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ, प्रचण्डले भनेका छन् । यसले पनि नेपालका कारण सत्ता समीकरण तनावमा छ भन्ने कुरा देखाएको छ ।
नेपालले विश्वास दिलाए पनि मधेसमा समीकरण भन्दा बाहिर नपाल जाँदैनन् भन्ने विश्वास प्रधानमन्त्रीलाई छैन् । नेपाल समीकरण भन्दा बाहिर गए भने मधेसमा सत्ता पक्षको सरकार बन्दैन । केन्द्रमै पनि नेपालले कुन बेला गडबडी गर्ने हुन भन्ने आशंका प्रधानमन्त्रीमा छ । खासमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दवावमा राख्ने नेपालको उद्देश्यले पनि समीकरण खटपट र दवावमा परिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी
असोज ७, २०८१ सोमबार
श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई
असोज ७, २०८१ सोमबार
विरोधको डरले न्युयोर्कमा प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
शेयरबजारमा उच्च गिरावट, ५९ अंकले घटेर २५२९ अंकमा झर्यो नेप्से परिसूचक
असोज ७, २०८१ सोमबार
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा
असोज ७, २०८१ सोमबार
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप
असोज ७, २०८१ सोमबार
दुर्गा प्रसाईंलाई रिहाइका लागि माइतीघरमा समर्थकहरूको प्रदर्शन [ फोटो फिचर ]
असोज ७, २०८१ सोमबार