खोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार १२:८:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/202405311136-646a9fd2-6a4b-4c86-a4ca-85175a632171_medium_380AjjAFTE_6DvJtqw2rK.jpg)
१८ जेठ, खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो ।
वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्णकदको सालिक राखिएको छ । पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्णकदको सालिक, खानेपानीको धारा, प्रतिक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएका छन् ।
उद्यान स्थापनाले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताए । सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ, उनले भने, यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
किराँत राई बान्तावा समुदायको ऐतिहासिकस्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राईले औपचारिकरुपमा उद्घाटन गरेका थिए । बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिए ।
वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, किराँती पुर्खालगायतको उपस्थिति रहेको थियो । सुम्लिखामा हरेक वर्षको उभौली र उधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको छ । जिल्लाका दश स्थानीय तहमा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवर्द्धनका काम तीव्रगतिमा भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार