सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार २०:४९:३१
१८ जेठ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका-७ स्थित दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले शुक्रबार सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल,इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर विक्रम बुढासहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
सोरु गाउँपालिका -७ अन्तर्गत दाक्च-ख्याल्च सडक निर्माण सम्बन्धमा सम्झौता विपरीत वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ भुक्तानी दिएको ठहर गर्दै अख्तियारले उनीहरू विरुद्ध सोही रकम बराबरको बिगो र जरिवाना असुल गर्न माग गरेको छ। सोही मुद्दामा आरोपित दाक्च-ख्याल्च सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी,कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढा विरुद्ध पनि १३ लाख ७२ हजार ३४० रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएको छ । उनीहरूले नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा ३४८.४३ घनमिटर ड्राइ स्टोन म्यासनरीको कार्य भएको भनी मूल्याङ्कन गर्न लगाइ वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारको ठहर छ ।
यसैगरी सोरु गाउँपालिका गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु गाउँपालिका-७ का तत्कालीन वडाअध्यक्ष राजेन्द्र बुमीले अनुगमन निरीक्षण प्रतिवेदन ड्राइ स्टोन म्यासनरी वाल जम्मा ११८.९८ घनमिटर मात्र काम भएकोमा ३४८.४३ घनमिटर ड्राइ स्टोन म्यासनरीको कार्य भएको भनी गलत अनुगमन प्रतिवेदन दिन लगाइ सो गलत प्रतिवेदनसमेतको आधारमा वास्तविक कार्यभन्दा १३ लाख ७२ हजार ३४० रुपैयाँ बढी रकम भुक्तानी भएको अख्तियारले जनाएको छ । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको सजाय माग दावी गर्दै आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित
कात्तिक २४, २०८१ शनिबार
निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
कात्तिक १४, २०८१ बुधबार
भ्रष्टाचार नियन्त्रण गर्न सबैको साझा प्रयत्न आवश्यक छ : प्रमुख आयुक्त राई
कात्तिक १२, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार
कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापतिको निर्देशन
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार