वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार २२:११:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/bagmati-pradesh-sabha_rJvS8yxUuk_bh0FOkLsCM.jpg)
१८ जेठ, मकवानपुर । वाग्मती प्रदेश प्रदेशसभाको आज अपरान्हमा बसेको प्रदेशसभा बैठकबाट प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उक्त प्रस्ताव पारित गरियोस् भनी सो बैठकमा पेस गरेका थिए । सो बैठकमा प्रदेशसभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नका जवाफ दिँदै उनले प्रदेश सरकारले दलगत स्वार्थ भन्दा माथि उठेर सबै प्रदेशसभाका सदस्यहरूको भावनालाई कदर गर्दै आगामी आवमा राष्ट्रिय गौरवको आयोजना र बजेट सन्तुलित ढङ्गबाट वितरण गर्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका एक सय १९ मध्ये ८५ स्थानीय तहमा आधुनिक प्रविधिबाट कृषि उत्पादन गर्ने लक्ष्यका साथ सरकारले पकेट कार्यक्रमको तर्जुमा गरिएको उल्लेख गरे । उनले प्रदेशका १३ जिल्लामा प्रत्येकमा एक/एकवटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नेतर्फ सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ स्रोतसाधन तथा बजेट तर्जुमा गर्ने उल्लेख गरे ।
मुख्यमन्त्री जम्कट्टेलले अहिले कृषि मन्त्रालयमा प्रदेशमा १० प्राङ्गारिक मल कारखानाका लागि माग पत्र प्राप्त भएको र सो माग पत्रलाई विज्ञहरुले छलफल गरिरहेको जानकारी दिए । शिक्षाको गुणस्तरलाई परिमार्जन गरी प्रदेशको पायक पर्ने स्थानमा प्रदेश विश्वविद्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कार्यदल गठन भइसकेको उनले उल्लेख गरे । कृषि, वन, इन्जिनियरिङ, स्वास्थ्य चिकित्सक, मानविकी तथा व्यवस्थापन विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यालयको कोटा निर्धारण गरी भर्ना गर्ने चलनलाई अब प्रदेश सरकारले अन्त्य गर्ने प्रक्रियालाई ऐन, कानुनको तर्जुमा गरी कार्यान्वयन गर्नेतर्फ सरकारले पहल गर्ने बताए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रादेशिक पाँच अस्पताललाई गुणस्तरीय एवं स्वास्थ्य क्षेत्रलाई फड्को मार्ने किसिमको नमूना अस्पताल निर्माण गर्ने योजना छ । चितवनको माडी, दोलखाको जिरी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको दुधौली र रामेछापको मन्थलीस्थित अस्पताल निर्माण गर्ने योजना छ ।
बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि संशोधन गरियोस् भनी आठ प्रदेशसभा सदस्यहरू क्रमशः सूर्यचन्द्र लामिछाने, सुरेन्द्रराज गोरसाईं, रामकृष्ण चित्रकारका तर्फबाट गोविन्द लम्साल, श्यामबहादुर खड्का, आशा लामा, समिता खड्की, लक्ष्मी घिमिरे र प्रभात तामाङले राख्नुभएको प्रस्तावलाई बहुमतले अस्वीकृत गरियो । उक्त बैठकमा प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले विपद् व्यवस्थापन र सम्भावित जोखिम न्यूनीकरणको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरे ।
प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले उनको ध्यानाकर्षण प्रस्तावप्रति प्रदेश सरकार अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै विपद् व्यवस्थापन र सम्भावित जोखिम न्यूनीकरण गर्न प्रदेश सरकार अहिले मकवानपुरको हेटौंडा, नुवाकोटको विदुर र काभ्रेको धुलिखेलमा विपद् व्यवस्थापन गर्न केन्द्र स्थापना गरी स्रोतसाधन र जनशक्ति परिचालन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
बजेट समीक्षा : कुन प्रदेशको कर नीति कस्तो ?
असार २, २०८१ आइतबार
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान, शुक्रबार विहान १० बजेसम्म दावी पेश गर्नु पर्ने
जेठ २४, २०८१ बिहिबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा पानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार